दमक,४ असोज । झापाको कचनकवलका एक युवा तिन हप्ता देखि मलेसियमा वेपत्ता भएको भन्दै खोजी गरिदिन आफन्तले आग्रह गरेका छन् । कचनकवल गाउँपालिका वडा नम्बर ७ बालुबाडीका वीरबहादुर थेबेका छोरा सहमान थेबे गत भदौ १६ गतेदेखि मलेशियामा वेपत्ता भएको भन्दै खोजीमा सघाईदिन आफन्तले अनुरोध गरेका छन् ।
५ बर्ष अघि मलेसिया जानु भएका थेबे सेप्टेम्बर १ मा आफ्नो तलब लिएर बेलुकी साढे ९ बजे कोठाबाट निस्किएका उनी हालसम्म बेखबर भएका छन् । वेपत्ता सहमान तिन हप्तासम्म सम्पर्कमा नआएपछि भने उनको खोजी भएको हो । सहमानका बारेमा मलेसियास्थित नेपाली राजदुताबासमा र त्यहाँको प्रहरीमा पनि जानकारी गराईएको मलेसियामै रहेका झापा बालुबाडीकै दिनेश अधिकारीले जानकारी दिए । प्रहरीले पनि फेला नपारेको उनले बताए ।
कम्पनीका साथीहरु र नेपालस्थीत घर परिवारबाट सम्पर्क बिहिन हुँदा घर परिवार आफन्त चिन्तित बनेका छन् । सहमानको खोजी गरिदिन सम्बन्धित निकाय तथा संघसंस्थामा अनुरोध समेत गरिएको छ । उनी फेला परेमा नेपालमा ९८१६०९६३९६ र मलेसियामा ०११६११७३९५२२ मा सम्पर्क गरिदिन समेत परिवारले अनुरोध गरेका छन् ।