संविधान रक्षाका दलहरुविच सहकार्यमा जोड

दमक, ३ असोज । लामो संघर्ष र आन्दोलनबाट प्राप्त नेपालको संविधान रक्षाका लागि फेरि पनि राजनीतिक दलहरु एक जुट हुनुपर्ने अवस्था आएको दमकमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

१० औं संविधान दिवसको अवसर पारेर शुक्रवार नेपाली कांग्रेस दमक नगर समितिले आयोजना गरेको अन्तरकृयामा सहभागि वक्ताहरुले देशमा पछिल्ला समय देखापरेका विभिन्न खालका आन्दोलन, प्रर्दशनका कारण संविधानमाथि नैं आक्रमण हुदैआएको भन्दै संविधान तथा गणतन्त्र बचाउन दलहरुवीच सहकार्य हुनुपर्ने औल्याए ।

जेनजी पुस्ताको आन्दोलनका कारण गत भदौं २४ गते दमक ५ स्थित कांग्रेस दमक र क्षेत्रीय समितिको कार्यालयमा आगजनी भएको थियो । त्यही आगजनी स्थलमै आयोजित अन्तरकृयामा सहभागि कांग्रेसका नेताहरुले जनता र देशको आमूल परिवर्तनका निम्ति कांग्रेसले गर्देआएको आन्दोलनकै उपलव्धिका रुपमा मानिने संविधानलाई समाप्त पार्ने अलोकतन्त्रिक हर्कत आफूहरुलाई स्वीकार्य नहुने कडा चेतावनी दिए ।

कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईको अध्यक्षतामा भएको अन्तरकृयामा कांग्रेस नेता शुरेस सुब्बा ,कांग्रेस कोशी प्रदेश सदस्य तथा दमक नगपालिकाकी उपप्रमुख रेगिना भट्टराई, कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले संविधान कार्यान्वयन गरि पार्टीलाई गतिशील ,शुद्धिकरण बनाउन सके कांग्रेस र देशकै भविष्य उज्ज्वल हुने उल्लेख गरे। कांग्रेस नगर उपसभापति प्रेम भट्टराईले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कांग्रेस कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

आगजनीबाट ध्वस्त कांग्रेस मुख्यालय सरसफाई गरिने

नेपाली कांग्रेस, सूचना, संचार तथा प्रचार विभागले जेनजी आन्दोलनमा ध्वस्त बनाइएको आगलागीबाट क्षतिग्रस्त केन्द्रीय कार्यालय भवन सरसफाईका लागि आह्वान गरेको छ ।

विभागका प्रमुख मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा गरिएको पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा पनि आगजनी गरी ध्वस्त बनाइएको जनाउँदै यही असोज ५ गते सम्पूर्ण क्षतिको विवरण संकलन गरी सोही दिन १ बजेदेखि सरसफाई गर्ने जनाउँदै सरसफाईमा सहभागी हुन आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सामूहिक सरसफाई कार्यमा सहभागी हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, भातृ संघ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरु, कार्यालयका कर्मचारी एवं नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण आमा बुवा, दाजुभाई, दिदीबहिनीहरुलाई सरसफाईका लागि आवश्यक पर्ने सामाग्रीहरु झाडु, कुचो, खाली बोरा, फोहोर उठाउने बाल्टीलगायतका सामाग्रीसहित उपस्थित हुन आमन्त्रण गरिन्छ ।’

Leave a Reply

Your email address will not be published.