दमक ,३ असोज । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले झापाको गौरीगञ्जमा यहि असोज ५ गते वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
महासंघ झापा क्षेत्र न. ५ समितिले दमक अस्पतालका चिकित्सकरुको प्राविधिक सहयोगमा गौरीगञ्ज ५ मा रहेको चिलहिरा वजार खजुरगाछीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । शिविरको सम्पूर्ण तयारी पूरा भईसकेको आज दमकमा पत्रकार भेटघाट गरि आयोजक संस्था आदिवासी जनजाति महासंघका क्षेत्रीय अध्यक्ष जितु धिमालले बताए ।
शिविरमा दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साह, फिजिसियन डा. अनुपम घिमिरे,मेडिकल अफिसर डा.बन्दना सापकोटा,डा. क्षितिज भटटराई लगायतका स्वास्थ्यकर्मीको टोलीले सेवा पुरयाँउने उनले बताए । शिविरमा विशेषज्ञ स्वास्थ्य जाँच तथा विरामीहरुलाई औषधीहरु समेत निशुल्क वितरण गरिने अध्यक्ष धिमालले बताएका छन् । यसअघि मिति तय गरिएपनि शिविर रोकिएको थियो ।
शिविरमा अस्पतालसम्म पुग्न नसक्ने आर्थिक अवस्था कमजोर भएका विपन्न लक्षित समुदायहरु प्रत्यक्ष रुपमा लाभान्दित हुने अध्यक्ष धिमालले बताए ।