कमल ,२ असोज । जिल्ला समन्वय समिति (जिसस ) ले झापाको कमल गाउँपालिकाका विभिन्न तीन वटा वडालाई बालमैत्री वडा घोषणा गरेको छ । जिससका अनुगमन अधिकारीसहित पालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुले ती वडाहरुको स्थलगत अवलोकन ,अन्तरकृया तथा निरीक्षण गरि बालमैत्री वडा घोषणा गरिएको हो ।
जिजस कार्यालयका जिल्लास्तरिय अनुगमन समितिका निमित्त सदस्य सचिव विक्रम लिम्बूले कमलका बालमैत्री घोषणा हुन बाकी रहेका कमल १,५ र ६ वडालाई बालमैत्री वडा घोषणा गरिएको जानकारी दिए । यसअघि कमलका ७ वडा मध्ये २,३ ,४ र ७ भने बालमैत्री घोषणा भईसकेका छन् ।
पालिकालाई बालमैत्री घोषणा गराउन तथा बालमैत्री स्थानीय शासन सम्बन्धी सूचकहरु ८० प्रतिशत पूरा भईसकेकाले नियमानुसार ती वडाहरु बालमैत्री घोषणा गरिएको जिससको ३० भदौमा पठाएको सहमति सिफारिस पत्रमा उल्लेख छ । पालिका अध्यक्ष हुकुमसिंह राईले अव पालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्न सहयोग पुग्ने र यसको तयारी भईरहेको बताए ।