दमकमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त दिपप्रज्वलन

दमक,३ असोज । संविधान दिवसको अवसर पारेर आज साँझ दमकको गणतन्त्र चोकमा संयुक्त दिपप्रज्वलन कार्यक्रम गरेका छन ।लोकतान्त्रिक बिद्यार्थीहरुको संगठन नेविसंघ र क्रान्तिकारी बिद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीले संयुक्त रुपमा एक कार्यक्रम गरि दिपप्रज्वलन गरेका हुन्।
नेविसंघ झापाको देशव्यापी सर्कुलर अनुसार तय भएको सो कार्यक्रममा दमकस्थित अखिल क्रान्तिकारीमा आवद्ध बिद्यार्थीहरु समेतले सहभागिता जनाएका थिए ।

नेविसंघ झापाका कोषाध्यक्ष नवराज ढकालका अनुसार दिपप्रज्वलनमा दमकस्थित विभिन्न कलेजका बिद्यार्थी तथा पार्टी सम्बद्ध नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थकहरु समेतको उल्लेखिय सहभागिता थियो ।

सो अवसरमा नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भटटराई र माओवादी केन्द्रका एक नम्बर प्रदेश कोषाध्यक्ष गगन पुरीले संविधान दिवसको औचित्य र महिमाका बिषयमा प्रष्ट पार्दै शुभकामना मन्तव्य राखेका नेविसंघ दमक नगर सभापति विशाल अधिकारीले जानकारी दिए । सो अवसरमा आयोजित संक्षिप्त कार्यक्रमको सञ्चालन नेविसंघ दमक क्याम्पस इकाई सभापति द्रोण दाहालले गरेका थिए ।

लोकतन्त्र र संघीयतासहितको अधिकार सम्पन्न नेपालको संविधान २०७२ प्राप्तीको लागि योगदान गर्ने सबैप्रति सम्मान जनाउँदै र संविधानको रक्षाका लागि आव्हान गर्दै नेविसंघले जिल्लाका अन्य विभिन्न ठाउँहरुमा समेत दिपप्रज्वलन कार्यक्रम गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.