दमकमा विभिन्न पार्टी परित्याग गरि ३० जना राप्रपामा प्रवेश

दमक,३ असोज । दमकमा राजनीति ,व्यवसायिक तथा सामाजिक छवि बनाएका युवाहरुको एक समूह आज राप्रपामा प्रवेश गरेका छन् ।विभिन्न पार्टी परित्याग गरि उनीहरुले सामूहिक रुपमा करिब ३० जना राप्रपामा प्रबेश गरेका हुन ।

जनता समाजवादी पार्टी सम्बद्ध युवा संगठनको जिल्ला नेतृत्व सम्हालेका दमक उद्योग तथा बाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका राजु खड्का , नेकपा एकीकृत समाजवादी समर्थित ब्यवसायी तथा दमक जेसिजका पूर्व अध्यक्ष कमल कटुवाल, पुराना यातायात ब्यवसायी गङगा सिटौला सहित नेकपा एमाले , नेपाली काङ्ग्रेस परित्याग गरि सो सङ्ख्यामा राप्रपा प्रवेश गरेका हुन् ।

उनीहरूलाई दमक नगर प्रमुख समेत रहेका पार्टीका एक नम्बर प्रदेश अध्यक्ष रामकुमार थापा , वडाध्य्क्ष तथा पार्टीका क्षेत्रीय अध्यक्ष भिम पौडेल , प्रदेश क्षेत्र खका सचिब नेत्र चम्लागाई लगायतका नेताहरूले उनीहरुलाई स्वागत गरेका थिए । कार्यक्रम पार्टीका नगर अध्यक्ष हेम सुबेदीको अध्यक्षतामा भएको थियो । सोही अवसरमा पार्टीका तर्फबाट दमकका विभिन्न बिद्यालय ब्यवस्थापन समितिमा प्रतिनिधित्व गर्ने नेताहरुलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.