दमक ,३ असोज । होटल व्यवसायी संघ दमकको आयोजना तथा लाईफलाईन अस्पताल दमक र दृष्टि आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा सोमबार झापाको शिवसताक्षी नगरपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नगरपालिकाको वडा ३ स्थित पारावारी बजारमा सञ्चालित स्वास्थ्य शिविरमा ५ सय ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा आँखा,कानका तीन सय ६ जना ,हाडजोर्नी ,स्त्रीरोग,फिजिसियन र दाँतका दुई सय ८५ जना गरी जम्मा पाँच सय ९१ जनाले निःशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएका थिए ।
गाँउघरमै विशेषज्ञ स्वास्थ्य सेवा पुरयाँउन संघले बर्षेनी यसरी नै शिविर सञ्चालन गरिआएको होटल व्यावसायी संघ दमकका महासचिव भुपेन्द्र न्यौपानेले बताए । शिविरमा फिजिसियन डाक्टर केशर बहादुर गुरुङ्ग , हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मनोज शाह , महिला रोग विशेषज्ञ डाक्टर राजेश्वर प्रसाद शाह, डेन्टर सर्जन डाक्टर एलिना मिश्र लगायतको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको लाईफलाईन अस्पताल दमकका स्वस्थ्य शिविर संयोजक डम्वर मोतेले जानकारी दिए ।