संविधान दिवसमा बाल आश्रमलाई सहयोग

दमक,३ असोज । संविधान दिवसको अवसर पारेर आज नेपाली कांग्रेस दमक नगर समितिले यहाँको एक बाल आश्रमलाई सहयोग गरेको छ ।पार्टीले दमक -२ स्थित हाम्रो बाल आश्रममा बस्दै आएका असहाय बालबालिकाहरुको सहयोगार्थ घरायसी प्रयोजनका लागि आवश्यक चामल,दाल,तेल लगायतका सामग्रीहरु प्रदान गरिएको कांग्रेस दमक नगर समितिका कार्यवहाक सभापति युवराज खनाल(सागर )ले जानकारी दिए ।
दिवसको अवसरमा गरिँदै आएको औपचारिक कार्यक्रम भन्दा अनाथ बालबालिकाहरुको आवश्यकता परिपूर्तिमा सहयोग पुरयाँउनु महत्वपूर्ण हुने ठानेर यसकिसिमको सहयोग प्रदान गरिएको खनालले बताए ।
कांग्रेस सम्बद्ध नेविसंघले भने संविधान दिवसको अवसर पारेर दमकसहित जिल्लाको विभिन्न स्थानमा दिपप्रज्जवलन कार्यक्रम राखिएको नेविसंघ झापाका कोषाध्यक्ष नवराज ढकालले जानकारी दिए । लोकतन्त्र र संघीयतासहितको अधिकार सम्पन्न नेपालको संविधान २०७२ प्राप्तिका लागि योगदान गर्ने सबैप्रति सम्मान जनाउँदै तथा संविधानको रक्षाका लागि आव्हान गर्दै नेविसंघले जिल्लाका अन्य विभिन्न ठाउँहरुमा समेत दिपप्रज्वलन कार्यक्रम राखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.