दमक, असोज । दमक- ६ स्थित मोडल बचत तथा ऋण सहकारी संस्थाले आज आफनो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
दमक- ७ स्थित दमक उद्योग वाणिज्य संघको हलमा भएको मोडलले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाले आर्थिक वर्ष ०८०-०८१मा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु मध्येवाट २२ जनालाई पुरस्कृत गरेको छ ।
उत्कृष्ट कारोवार गर्ने मध्येवाट लिज्ला श्रेष्ठ,सुलभ बस्नेत,सन्जना राजवंशी,सन्देश राई,प्रभाकुमारी सुब्बा,विशाल धिमाल,घनश्याम शाह,केकेश दर्नाल,सक्षम चौधरी,सन्जिन सिग्देल , सन्जित आङदेम्वे र रिता जैसवाल लगायतलाई पुरस्कृत गरिएको मोडलका ब्यवस्थापक गीता ढकालले जानकारी दिईन् । यसैगरी ६५ बर्ष माथिका ज्येष्ठ शेयर सदस्यहरु कर्णकुमार नेपाल,दलबहादुर दर्जी,छायाँदेवी बराल,सावित्रा अधिकारी,राधादेवी श्रेष्ठ,सुकबहादुर लिम्वू,धनकुमारी लिम्वू,देवीप्रसाद अधिकारी र बुद्धिमान विष्ट लगायतका २७ जनालाई नगदसहित पुरस्कृत गरिएको थियो ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा भएको साधारणसभा उद्घाटनमा संस्थाका अध्यक्ष भोला वरालले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन र लेखा समितिका संयोजक विशेश्वर प्रसाद मिश्रले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले शंसोधनसहित पारित गरिएको थियो ।
साधारणसभामा मेनेजर्स क्लवका अध्यक्ष खोमप्रसाद वगाले,दमक ६ का वडा अध्यक्ष टेकबहादुर थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, सहकारीका उपाध्यक्ष प्रकाश अधिकारी लगायतले सहकारीका विविध विषयमा चर्चा गरेका थिए ।
९०७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूंजी १ करोड १२ लाख २० हजार ५ सय , निक्षेप ४ करोड ५० लाख ४ हजार ६ सय ४७, ऋण लगानी ६ करोड २६ लाख ७१ हजार २ सय ४० रुपैया रहेको प्रतिवेदनमा उल्लेख छ ।