बडिबिल्डर खेलाडी राईको निधन

दमक ,२ असोज । शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको बुधबार निधन भएको छ । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता राईको बुधबार निधन भएको हो ।
मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता थिए।
मोरङको ’फोनिक्स फिटशाला’ बाट सहभागी बन्न उनी काठमाडौं आएका थिए। टोखा नगरपालिका–६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै आएका उनी बुधबार बिहान ६ बजेतिर अचानक लडेका थिए ।
उपचारका लागि नजिकैको ग्रान्डी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.