झापामा टेम्पोको ठक्करबाट बालकको मृत्यु


दमक,२ असोज । टेम्पोको ठक्करबाट झापाको कमल गाउँपालिकामा आज साँझ चार बर्षिय एक बालकको मृत्यु भएको छ । कमल –४ स्थित भित्रि पक्की सडक खण्डमा भएको दुर्घटनामा परेर सोही ठाउँकी तुलसा गिरीका छोरा ४ बर्षिय ऋतिक गिरीको मृत्यु भएको हो ।
करिब साढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे१ह ५१३९ नम्बरको टेम्पोले बाटो काट्दै गरेका बालक गिरीलाई ठक्कर दिँदा गम्भिर घाईते बालकको उपचारका लागि दमकस्थित एडभान्स अस्पताल ल्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । टेम्पो र टेम्पो चालक सोही ठाउँका ३४ बर्षिय नसिब गुरुङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.