
गौरादह, २ असोज । गौरादहका सामाजिक व्यक्तित्व समेत रहेका गौरादह २ का वडाध्यक्ष हेमन्त कार्कीले केन्द्रीय महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको आसन्न १४ औ महाधिबेशन अन्तर्गतको निर्वाचन कार्यक्रममा उनले खुल्ला तर्फ केन्द्रीय महाधिबेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेका हुन् ।
युवा पुस्ता माझ आफूलाई सधैं नेतृत्व पक्तिंमा उभ्याउन सफल कार्कीले सञ्चारकर्मीहरुसंग कुराकानीका क्रममा यसपटक महाधिबेशन प्रतिनिधि भएर काम गर्न जिम्मेवारी लिन चाहेको बताए ।
असोजको दोश्रो साता हुने क्षेत्रीय अधिवेशनमा आफनो उम्मेदवारी पक्कापक्की भएको बताउदै उनले भने, –‘ मैंले कांग्रेसको राजनीतिमा आफूलाई एक खुडकिलो माथि बढाउन खोजेको छु मलाई विश्वास छ सबैले साथ सहयोग हुनेछ ’
२०४२ सालमा नेविसंघमा आवद्ध भएर शुरु भएको उनको राजनीतिक सांगठानिक सक्रियताले निरन्तरता पाईरहेको छ । नेविसंघमा आवद्ध भएका उनी नेविसंघ दमक बहुमुखी क्याम्पसको इकाई समिति सचिव हुँदै कांग्रेस गौरादह नगर सचिव र नगर सभापति समेत भएर सांगानिक भूमिका निर्वाह गरिसकेका छन् ।
पार्टीमा पुरयाँएका जिम्मेवारीकै कारण आफूले सवैको साथ र सहयोग प्राप्त गरिआएको उल्लेख गर्दे उनले अव पनि पार्टीका तमाम क्षेत्रबासी अग्रज नेता, वडासभापति तथा क्षेत्रीय प्रतिनिधिहरुले उचित मूल्याङकन गर्ने विश्वास व्यक्त गर्छन् । पार्टीमा क्रियाशीलता,निरन्तरतासहित मरिमेट्नेलाई जिम्मेवारी दिनुपर्ने उनको आग्रह छ । भन्छन्, –‘ काम गर्नका लागि जिम्मेवारी लिन चाहेको छु, यहाँहरुको सदैव सहयोगको अपेक्षा गरेको छु ’
उनी नगरपालिकाले गठन गरेको गौरादह नगर खेलकुद विकास समितिको अध्यक्ष तथा सामाजिक क्षेत्र अन्तर्गत नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहको दुई कार्यकाल सचिव, बिद्योदय अंग्रेजी माविको प्रिन्सिपल, शुभलक्ष्मी सहकारी संस्थाको व्यवस्थापक ,युनाइटेड युथ क्लब गौरादहको अध्यक्ष समेत भइसकेका उनले न्यू पब्लिक कृषि सहकारी संस्थामा प्रवन्ध निर्देशकको रुपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।