दमकमा मजदुरहरुले मनाए विश्वकर्मा पूजा

दमक,२ असोज । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समिति, स्वरोजगार हलुका सवारी श्रमिक संस्था दमक र समाजवादी ट्रेड युनियन झापाको संयुक्त आयोजनामा यसवर्ष बुधबार सामूहिक रुपमा विश्वकर्मा पूजा भव्य रुपले मनाएका छन् । मजदुरहरुविच आपसी एकता, सहकार्यमा जोड दिदैं पहिलोपटक मजदुरजन्य संस्थाहरुले एकीकृत रुपमा विश्वकर्मा पूजा भव्य रुपले मनाएका हुन् ।
दमक- ७ स्थित ट्याक्सी स्टेण्डमा आयोजित विश्वकर्मा पूजा विशेष कार्यक्रममा मजदुर तथा चालकहरुले भगवान विश्वकर्मा बाबाको विधिपूर्वक पूजाआजा गर्नुका साथैं विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिएको थियो ।
समाजवादी ट्रेड युनियन झापाका अध्यक्ष मिलन योगीको अध्यक्षतामा भएको कार्यक्रममा किर्तन मण्डलीवीच भजन प्रतियोगिता , भाले झिक्ने प्रतियोगिता ,हन्डी फुटाउने प्रतियोगिता ,डोरी तान्ने प्रतियोगिता, अक्षर राम्रो लेख्ने प्रतियोगिता ,बेलुन फुटाउने प्रतियोगिता ,डान्स प्रतियोगिता हन्डी फुटाउने प्रतियोगिता भलिबल प्रतियोगिता म्युजिकल चियर लगायतका मनोरञ्जनात्मक खेलकुदहरु सञ्चालन गरिएको नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समितिका सचिव डिल्लीप्रसाद अधिकारीले जानकारी दिए । सोहि अवसरमा प्रतियोगिता खसी भाग्यशाली उपहार खोल्नुका साथैं विजेताहरुलाई पुरस्कार समेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा स्वरोजगार हलुका सवारी श्रमिक संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठ, सचिव बेनुराज प्रसाई, हलुका सवारीका अध्यक्ष खड्ग पाण्डे, आशाको दियो नेपालका अध्यक्ष प्रकाश प्रसाई , दमक बहुमुखी क्याम्पसका अध्यक्ष ढुण्डीराज भण्डारी , सामाजिक अगुवा महेन्द्र चाम्लिङ ,सामाजिक अभियान्ता गणेश गौतम लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा सहभागि मजदुर अगुवा तथा सामाजिक अगुवाहरुले मजदुर हकहितका लागि मजदुरहरु एक भएर जुट्न सकेमात्र पेशागत सुरक्षा मजवुत हुने औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published.