सर्पले डसेर जहदामा नाबालिकाको मृत्यु

झापा,१ असोज । सर्पले डसेर मोरङको जहदामा एक नाबालिकाको मृत्यु भएको छ ।जहदा गाउँपालिका–२ भीमपुर बेरियाका बिजु मुर्मूकी ८ वर्षीया छोरी चाँद मुर्मूको सर्पले डसेर मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार नाबालिकालाई पिसाब गर्न भनेर मंगलबार बिहानका राति २ बजेतिर अभिभावकले घरबाट बाहिर निकालेका थिए । पिसाब गर्दैगर्दा घरको आँगनमै नाबालिकालाई सर्पले डसेको उनले बताए । तर, कुन सर्पले डसेको हो भनेर यकिन भइसकेको छैन ।

सर्पले डसेर गम्भीर घाइते भएकी नाबालिकालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइपुर्याउनसाथ बिहान ४ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published.