पथरीशनिश्चरे, ३१ भदौ ।मोरङको पथरी शनिश्चरेमा पथरी ११ फुटबल क्लबको आयोजनामा यहि असोज ५ गते देखि १२ गते सम्म प्रथम पथरी शनिश्चरे गोल्डकप सञ्चालन हुने भएको छ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सञ्चालन हुन गईरहेको आज पथरी ११ फुटबल क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत सोको जानकारी दिएको हो।
खेल संयोजक जितन राईका अनुसार पथरी शनिश्चरे–१, जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा खेल संचालन गरिने असोज १२ गतेसम्म प्रतियोगिता हुनेछ।
ु प्रतियोगितामा एडिभिजनका राष्ट्रिय फुटवल टिम संकटा फुटबल क्लब काठमाडौँ, ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, सलहेश यूवा क्लब सिरहा, यूकेएफसी भारत, धरान सिटी फुटबल क्लब सुनसरी, पाँचथर क्लब फिदिम, झापा ११ फुटबल क्लब र आयोजक इन्ट्रा पथरी- ११ फुटबल क्लब मोरङ गरी जम्मा ८ वटा टिमले भाग लिँने भएका छन्।
प्रतियोगिताको मुख्य सहयोगीको रूपमा पथरी शनिश्चरे नगरपालिका र ईन्ट्रा इन्टरनेसनल फाउण्डेशन अफ अमेरिका भएको जनाउँदै आयोजक समितिका अध्यक्ष सुमन विकले प्रतियोगिताको प्रथम र दोस्रो स्थान हासिल गर्ने टिमलाई क्रमश ३ लाख र दुई लाख रुपैयाँ, मेडल, ट्रफी प्रदान गरिने जनाए।
प्रथम पुरस्कार हाल अमेरिकमा बस्दै आएका सिजर एण्ड सिस्टर नेपाल प्रतिनिधिसँग संझौता यस अघि संझौता भएको थियो भने दोश्रो, तथा अन्य विधागत पुरस्कार प्रदान गरिनेछ।जसमा हरेक दिन हुने खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई जनही ५ हजार रूपैयाँ, मेडल र ट्रफीले पुरस्कृत गरिनेछ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई पनि जनही नगद १० हजार सहित मेडल र ट्रफीले पुरस्कृत गरिने अध्यक्ष विकले बताएका हुन्।
सम्मेलनमार्फत आजै खेलतालिका पनि सार्वजनिक गरिएको थियो। प्रतियोगिताको पहिलो खेल असोज ५ गते शनिबार आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङ र पाँचथर क्लब पाँचथरबीच हुने छ। सो प्रतियोगिताको भव्य तयारीका लागि अहिले खेल मैदानको वरिपरि दर्शकहरूको लागि प्याराफिट निर्माण भइसकेको जानकारी अध्यक्ष विकले जानकारी दिए ।
प्रतियोगिताको भव्य आयोजनाका लागि तयारी पूरा हुँदै गएको उल्लेख गर्दै हाल ग्राउण्ड लेब्लिङ, रोलिङ , ग्राँस ट्रिमिङ , स्टेज र खेल मैदानको वरिपरि दर्शकहरूको लागि प्याराफिट निर्माण गर्ने काम अहिले तिब्र गतिमा भइरहेको अध्यक्ष सुमन विकले जानकारी दिए ।
प्रतियोगिता आयोजनाको लागि करिब पैतिस लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको संयोजक राईले उल्लेख गरे ।
पत्रकार सम्मेलनमा पथरी नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले, पथरी नगरपालिकाका नगर खेलकुद विकास समितिका संयोजक दीपक राई, जिल्ला फुटबल सङ्घ मोरङका अध्यक्ष सञ्जीव बुढाथोकी, प्रायोजक के आइ इ सी का उमेश भण्डारी, एग्रो थाई फुड्सका प्रतिनिधि घनश्याम रेग्मी लगायतको उपस्थिति रहेको थियो।