इलाममा छिमेकीको हत्या अभियोगमा तामाङ पक्राउ

इलाम ,३१ भदौ। हत्या आरोपमा इलाम नगरपालिका वडा नं ९ बस्ने २९ वर्षिय पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।इलाम- ९ का ५२ वर्षिय रविन भन्ने रेशमराज राईको हत्याको आरोपमा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलाम ९स्थित गायोडाँडा लामेदुहाली कुलोमा हिजो राईको शव शंकास्पद अवस्थामा फेला परेको थियो । शंकास्पद अवस्थामा राई मृत भेटिए लगत्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा अनुसन्धान टोली घटनास्थलमा खटिगई मृतकको लाश शुरु गरेको थियो । राईको टाउकोमा गम्भीर चोट लागेर रगत बगेको तथा कसैले कर्तव्य गरी मारेको हुन सक्ने देखिएको थियो ।
अनुसन्धानको क्रममा उक्त घटना तामाङले घटाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र उनलाई कार्वाही गरी पाऊँ भनी मृतकका छोरा दिपक भन्ने मनजय राईले किटानी जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक जवेगुले बताए । उनलाई पक्राउ गरी इलाम जिल्ला अदालत इलामबाट आज ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.