हलुका सवारी चालकले मनाए विश्वकर्मा पूजा


दमक, १ असोज ।
अघिल्ला वर्ष झै यसवर्ष पनि दमकमा यातायात व्यवसाय सम्बद्ध मजदुरहरुले सामूहिक रुपमा विश्वकर्मा पूजा मनाएका छन् । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समिति दमकले यसवर्ष पनि यहाँ विश्वकर्मा पूजा कार्यक्रमलाई निरन्तरता दिएका हुन् । त्यस अवसरमा बैद्धिक विधिद्धारा विश्वकर्मा बाबाको पूजापाठ गरिएको थियो ।
हलुका सवारी इकाई समितिको दमक चौकस्थित कार्यालयको प्राङगणमा भएको कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख राम थापा, उपप्रमुख रेगिना भटटराई, हलुका संस्थाका संस्थापक अध्यक्ष गोपाल थापा लगायतले विश्वकर्मा पूजाको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जीवन चक्र समाज नेपालका अध्यक्ष जि पी गौतम , नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका सदस्य बिष्णु सुब्बा , यातायात मजदुर संघ जिल्ला उपाध्यक्ष बालकृष्ण श्रेष्ठ ,सचिव गौतम कुमार लामा ,नगर अध्यक्ष रन्जित यादव ,साथी भाइ समूहका कोषाध्यक्ष अशोक पाख्रिन , क्षेत्रिय सचिव मुकुन्द पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
पूजा व्यवस्थापन समितिका संयोजक मोहन पौडेलको अध्यक्षतामा भएको पूजा कार्यक्रममा हलुका संस्थाका अध्यक्ष तुलसी प्रसाद दाहाल (प्रितम ) ले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.