मोरङमा असोज ३ गते वडाअधिबेशन हुने


पथरीशनिश्चरे, १ असोज ।
नेपाली कांग्रेस मोरङ्गले जिल्लाभरि वडाअधिबेशन तय गरेको छ । आज पार्टीको आकस्मिक बैठकले पार्टीकोे आसन्न १४ औ महाधिवेशन अन्तर्गत जिल्लामा यहि असोज ३ गतेदेखि वडाअधिबेशन सम्पन्न गर्ने लगायतको निर्णय गरेको छ । जिल्ला निर्वाचन अधिकृत केदार कार्कीको नेतृत्वमा रहेको टोलीले वडा स्तरीय निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका सदस्य जय भुजेल समेतको उपस्थितिमा भएको बैठकले निम्न वडास्तरीय निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
वडास्तरीय निर्वाचन तालिका अनुसार असोज ३ गते मतदाता नामवली प्रकाशन, असोज ३ गते व्यक्तिगत विवरण सच्चाउने, असोज ५ गते विहान ८ बजे देखि उमेदवारी दर्ता र फिर्ता सबै प्रक्रिया र असोज ६ गते विहान ८ बजेदेखि साँझ ५ बजे सम्म मतदानकार्यक्रम तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published.