भट्टराई भन्छन्, ‘एक पटक पुनः क्षेत्रीय सचिव भएर काम गर्छु ’

दमक,१ असोज । सहकारीकर्मी समेत रहेका नेपाली कांग्रेस क्षेत्र न. ५ का सचिव धर्मानन्द भट्टराईले सचिव पदमा नै दाहोरयाँउने घोषणा गरेका छन् ।
सञ्चारकर्मीहरु भेटघाटका क्रममा उनले पार्टीबाट मनोनित गरिएको सचिवमा आसन्न १४ औ क्षेत्रीय अधिबेशन मार्फत अव पुनः सोहि पदमा काम गर्न उम्मेदवारी दिने वताएका छन् । फेरि पनि सचिव भएर काम गर्न जिम्मेवारी दोहोरयाँउने निधो गरेको उनले उल्लेख गरेका छन् । लामोसमयदेखि पार्टी संगठनसंगै सहकारी क्षेत्रमा कृयाशील उनले सुढृण कांग्रेस बनाउन अहिलेको मुख्य आवश्यकता भएकाले त्यसमै केन्द्रीत भएर उम्मेदवार प्रस्तुत गरेको जिकीर गरे । पार्टीमा पद लिनु मात्र आफनो राजनीतिक स्वार्थ नभएको भन्दै उनले पाएको जिम्मेवारीलाई सफलताका पूर्वक पालना गर्नका लागि पुनः सचिव पदमा उम्मेदवारी प्रस्तुत गरेको वताए । उनले क्षेत्रभरिका पार्टीका अग्रज, नेता तथा क्षेत्रीय प्रतिनिधिहरुको साथ र सहयोग पाउने विश्वास गरेका छन् । भन्छन्, ‘ निश्चय पनि क्षेत्रवासी कांग्रेस सवैको साथ सहयोग प्राप्त गर्ने छु ’

Leave a Reply

Your email address will not be published.