दमक,१ असोज । दमकमा बजाज कम्पनीले पल्सर १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । दमक ५ स्थित आधिकारिक विक्रेता (सोरुम ) राजेश मोट्र्स प्रा।लि।ले कार्यक्रम गरी नयाँ मोडलको सो मोटरसाइकल सार्वजनिक गरेको हो ।
राजेश मोट्र्सका सञ्चालक राजेश राजेश बुढाथोकी र प्रभु बैंक दमक शाखा प्रबन्धक रोसन संग्रौलाले संयुक्त रुपमा मोटरसाइकलको सार्वजनिक गरेका हुन् । नेपाली बजार र चाडपर्वलाई लक्षित गर्दै आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने सञ्चालक राजेश बुढाथोकीले जानकारी दिए । सो मोटरसाइकलको माइलेज प्रति लिटर ६५ किलोमिटर रहेको कम्पनीको दावी छ ।
पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ सिरिजकै बढी डिजाइनमा तयार गरिएको हो । १२५ एनएस मा १२० दशमलव ४५ सीसीको सिंगल सिलिन्डर,एयरकुल्ड, २ भल्व इलेक्टोनिक्स इन्जिनको प्रयोग भएको छ । यसमा ५ स्पीडको गियर बक्स, पछाडी १३० एमएमको ड्रम ब्रेक दिएको उद्घाटन कार्यक्रममा जानकारी दिइएको छ । बजाज मोटर्सले हरेक दिन उत्कृष्ट मुल्यांकनका साथ एक्सचेन्ज सुविधा दिने र चाडपर्व लक्षित विभिन्न अफरसहित यात्रालाई तनाबमुक्त बनाउँदै फ्रि सर्भिस समेत चलाउने जनाइएको छ । यही ३ असोजदेखि ७ असोजसम्म फ्रि सर्भिस सेवा दिनेछ भने ग्राहकलाई सर्भिस चार्जमा १०० प्रतिशत छुट, इन्जिन ओएलमा २५ प्रतिशत छुट, स्पेयर पार्टसमा १० प्रतिशत, टायरमा १० प्रतिशत लगायत अफर रहेको सञ्चालक बुढाथोकीले जानकारी दिए ।
कम्पनीले झापाको दमकस्थित पशुपती पेट्रोल पम्पको पश्चिममा सोरुम खोलेको छ भने दमकबाहेक गौरादहमा पनि यही साताबाट शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।