दमक,३० भदौ । दमकको दक्षिणी क्षेत्रमा अवस्थित इन्द्रेणी ताल संरक्षण समितिले नयाँ नेतृत्व पाएको छ । दमक–१० मा अवस्थित इन्द्रेणी तालको संरक्षण र विकासका निम्ति वडा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक पार्टी र स्थानीय सरोकारवाला संघसंगठनहरुको भेलाले शनिबार इन्द्रेणी ताल संरक्षण समिति पुर्नगठन गरिएको हो ।
११ सदस्यीय पुर्नगठित समितिको अध्यक्षमा घनश्याम खनाल,उपाध्यक्षमा बिनोद न्यौपाने, सचिवमा बिशाल कुँवर, सहसचिवमा सुवास राई र कोषाध्यक्षमा मोनिका दंगाल चुनिएका छन् ।
दमक–१० का वार्ड सदस्य जंगबहादुर राईको प्रमुख आतिथ्यतामा भएको भेलामा दमक–१० का पूर्व वार्ड अध्यक्ष बोधराज न्यौपाने, अम्बिका खनाल, इन्द्रेणी युवा क्लबका अध्यक्ष सुवास सुवेदी, संगम स्पोपटिङ क्लबका अध्यक्ष रविन कटुवाल, दमक–१० का राप्रपा अध्यक्ष रोम भण्डारी, दमक १० का नेकपा (एमाले) अध्यक्ष ओमप्रकाश दुलाल, राप्रपाका नेता खगेन्द्र भट्टराई लगायतको उपस्थिति थियो ।