केपी ओली असोज ४ गते दमक आउदैं

दमक,३० भदौ । गृह जिल्लाको पार्टी कार्यक्रममा सहभागि हुन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ४ गते दमक आउने भएका छन ।पार्टी सम्बद्ध राष्टिय युवा संघ नेपालको दमक नगर कमिटीले दमकमा आयोजना गरेको समृद्ध नेपाल सुखी नेपाली बिषयको वक्तृत्वकला तथा साक्षात्कार कार्यक्रममा ओली दमक आउने भएका हुन् ।
युवा संघको नगर कमिटीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कार्यक्रमबारे जानकारी गराइएको हो ।
संघका दमक नगर कमिटी अध्यक्ष विवेक शर्मा भटटराईले पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएको समयमा सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपालीको नाराका बिषयमा बिद्यार्थी तथा नयाँ पुस्तालाई सुसचित गराउन सो बिषयमा वक्तृत्वकला आयोजना गरिएको बताए ।
दमक नगरमा रहेका माध्यमिक तहका बिद्यालयहरुबाट वक्तृत्वकलामा सहभागी हुने बिद्यार्थीहरु मध्ये उत्कृष्ट पाँच जना बिद्यार्थीहरुलाई नगद राशीको पुरस्कार , टफी र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष भटटराईले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्धितीय हुनेले नगद ११ हजार, तृतीय हुनेले नगद ७,५०० र सान्तवना स्वरुप दुई जनालाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।
पार्टीका प्रदेश सभा क्षेत्र (ख) का क्षेत्रीय अध्यक्ष अम्बिका खनालको प्रमुख उपस्थितिमा भएको पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय सदस्य निशा लिम्बू , पार्टीका जिल्ला सदस्यहरु लिला दाहाल, गणेश बस्नेत, नगर कमिटी अध्यक्ष गेहनाथ पोखरेल, बोधप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.