दमक,३० भदौ । बालदिवसका अवसर पारेर दमक- ८ मा रहेको रोजिएट ब्राईट बोर्डिङ स्कुलले नव आगन्तुक बिद्यार्थीलाई स्वागत तथा एसईई दिएका बिद्यार्थीहरुलाई विदाई कार्यक्रम गरेको छ ।
शुक्रवार औपचारिक कार्यक्रम गरि विद्यालयले नव आगन्तुकलाई स्वागतसहित एसईई परीक्षा दिएका विद्यार्थीहरुको सम्मान स्वरुप विदाई गरिएको बिद्यालयका अध्यक्ष तथा निर्देशक सुर्य कटुवालले बताए ।
दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बिद्यालयले सञ्चालन गरेको बिभिन्न क्रियाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
पुरस्कार हस्तान्तरण गदैं प्रमुअ अतिथि भट्टराईले अध्ययन संग संगै बिद्यालयले ब्यबहारिक ज्ञान पनि बिद्यार्थीहरुलाई सिकाउनु पर्ने जोड दिईन् ।सो अवसरमा नगर स्काउटकी संरक्षक समेत रहेकी उनलाई रोजिएटका स्काउटका बिद्यार्थीहरुले सलामी समेत अर्पण गरि सम्मान दिएका थिए ।
धुलाबारी माविद्वारा तीन दर्जन भन्दा बढीलाई सम्मान
धुलाबारी माध्यमिक विद्यालयले तीन दर्जन भन्दा बढीलाई सम्मान र छात्रवृत्ति वितरण गरेको छ ।विद्यालयले ५९ औं राष्ट्रिय वाल दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो । पुरस्कृत र सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले दोसल्ला अविर र प्रमाणले सम्मान गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बिक्रम नेम्वाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ पराजुलीले लेखा प्रतिवेदन प्रस्तुत गरे ।