दमक,३१ भदौ । दमक -६ मा कार्यालय रहेको स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः इन्द्रकुमार राई चयन भएका छन् । शुक्रवार सम्पन्न संस्थाको ११ औ बार्षिक साधारणसभाले पुनः राईको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो ।
चार बर्से कार्वार्यकाल रहने निर्वाचित सञ्चालक समितिका उपाध्यक्षमा भिमराज बेघा ,सचिवमा सुमन काफ्ले,सहसचिवमा हरिप्रसाद राई, कोषाध्यक्षमा राजेन्द्र भट्टराई र सदस्यहरुमा दुर्गामाया राई, बिमला कुमाल, मनिलाल राई, कर्णसिंह तामाङ, जमानसिंह खड्का र लक्ष्मी मादेन लिम्बू चयन भएका छन् ।
यसैगरि, गंगा प्रसाद प्रसाईको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको थियो । जसको सदस्यद्धयमा प्रकाश राजवंशी र भरत राई चुनिएका छन् ।
स्थानीय पशुपति मन्दिरको सभाहलमा भएको साधारणसभा उद्घाटनमा संस्थाका अध्यक्ष इन्द्रकुमार राईले अध्यक्षको प्रतिवेदन र लेखा संयोजक गंगा प्रसाद प्रसाईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरिएको व्यवस्थापन जीवन मगरले जानकारी दिए ।
जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कोइरालाको प्रमुख आतिथ्यतामा भएको सो सभामा राष्ट्रिय सहकारी बैक दमककी शाखा प्रमुख मुना केसी, जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा, बस्ती बिकास शाकोसका अध्यक्ष भुपेन्द्र लावतीले शुभकामना मन्तव्य राखेका थिए । सोहि अवसरमा संस्थाले उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य, बाल बचतकर्ता तथा एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।