दमक,३१ भदौं । झापाको कमल गाउँपालिका वडा न. २ ले वडाभित्र वृहत सरसरफाई अभियान सञ्चालन गरिआएको छ । महिना दिनदेखि वडा कार्यालयले वडाका सडक मार्ग आसपासका क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गरिआएको हो ।
आफनो गाँउ,ठाँउलाई हराभरा बनाउन उद्देश्यले वडा कार्यालयले टोल विकास संस्थाहरुको समन्वयमा गत भदौ ८ गतेदेखि दैनिक जसो सरसफाई अभियान सञ्चालन गरिआएको वडाअध्यक्ष अशोक लिम्बूले बताए । बर्षायाममा सडकआसपास झारपात फैलिदाँ सडकको संरचनासमेत विग्रने भएकाले त्यर्सलाई मध्यनजर गरि सरसफाई कार्यलाई अभियानका रुपमा दैनिक जसो सञ्चालन गरिदैआएको उनले जानकारी दिए ।
अभियानका क्रममा जनप्रतिनिधि,कर्मचारीसहित स्थानीय सहभागिले सडक आसपासका फोहोरमैला संकलन तथा त्यहाँका फोहोरजन्य झाडी नष्ट गरिएको छ । सरसफाइमा स्थानीयले साथ दिदैआएका छन् । सगरमाथा टोल विकास समितिका अध्यक्ष टंक प्रसाद कट्टेलले वडालाई स्वच्छ बनाउन वडा कार्यालयले आयोजना गरेको अभियानमा हामी स्थानीय टोलबासीहरु सहभागि भएको वताए । आफनै टोल सफा बनाउन आफै जुट्न थालेको उनको भनाई छ ।
वडाअध्यक्ष सुब्बाका अनुसार भदौ ८ गते मिलन टोल शुरु भएको अभियान समयगढ बजार ,ज्योतिनगर टोल, क्याम्पा टोल, भुत्लुङ टोल ,सगरमाथा टोल, नवोदय टोल लगायत स्थानमा सरसफाई अभियान सञ्चालन गरिएको छ । कतिपय बाक्लो बस्ती भएका टोलमा दोश्रो चरणका अभियान समेत सञ्चालन गरिदैआएको छ । वडा कार्यालयले वडा भित्र जारी सरसफाई अभियानलाई निरन्तरता दिने जनाईएको छ । यसैवीच, अभियानलाई सफल बनाउन स्थानीय अगुवाहरुले सरसफाईका आवश्यक सामाग्रीहरु समेत उपलव्ध गराएका छन् ।
उक्त अभियानसंगै वडाले वडा भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य जाँच समेत गरिदैआएको उनले बताएका छन् ।