धरमपुर शाकोसको नेतृत्व चयन , अध्यक्षमा कुमार शंकर


दमक,३१ भदौं ।
झापाको शिवसताक्षी -१ धरमपुरस्थित धरमपुर बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको नयाँ नेतृत्व चयन भएको छ ।
संस्थाको पाँचौ अधिबेशन तथा १३ औ चुनावी बार्षिक साधारणसभाले कुमार शंकरको अध्यक्षतामा सञ्चालक समिति र लक्ष्मी प्रसाद वजगाइको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको हो । निर्वाचन कार्यक्रम अन्तर्गत विहिबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको थियो ।
निर्विरोध निर्वाचित नौ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा चन्द्र खड्का ,सचिवमा नारदमणी रिमाल, कोषाध्यक्षमा जय कुमारी चेम्जोङ्ग र सदस्यहरुमा याम कुमार गुरुङ्ग, चक्र बहादुर माझी,काजिमान बुढाथोकी , निर्मला घिमिरे, साबित्रा ढकाल चुनिएका छन् । यस्तै, लेखा सुपरिवैक्षण समितिको द्धय सदस्यमा उमा कटुवाल र प्रेम पोख्रेल निर्वाचित भएका छन् । संस्थाले सञ्चालक तथा लेखा समितिको निर्वाचन सम्पन्न गर्न पदम रिमालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
संस्थाको साधारणसभा भने यहि असोज ३ गते स्थानीय फूलवारी खेल मैदानको प्राङगणमा औपचारिक रुपमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published.