दमक,३१ भदौ । झापाको कमल- ५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा २ हजार ८ सय ९८ मत खसेको छ ।
संस्थाको आफनै कार्यालयमा आज विहान ७ वजेदेखि शुरु भई अपरान्ह ५ वजेसम्म मतदान भएको थियो । मतदानमा ८०.२५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । ४ हजार ९ सय बढी उपभोक्ता भएपनि मतदानमा भने ३ हजार ६ सय ११ उपभोक्ता मात्र मतदातायोग्य थिए ।
जसमध्ये क्षेत्र नं १ मा ७५९ मध्ये ६२९, क्षेत्र नं २ मा ७६० मध्ये ६३१ ,क्षेत्र नं ३ मा १९२ मध्ये १७९ ,क्षेत्र नं ४ मा १०५० मध्ये ८४६ र क्षेत्र नं ५ मा ८०४ मध्ये ६२३ मत खसेको जनाईएको छ ।
निर्वाचन समितिका संयोजक दिपेन्द्र लामिछानेका अनुसार मतदान सकिए लगत्तै मतपेटिका संकलन गरि मतगणनाको तयारी गरिएको छ । मतगणना आज राती ९ वजेखि शुरु गर्ने निर्वाचन समितिले जनाएको छ । मतगणना संस्थाको आफनै कार्यालयमा गरिने र त्यसै अनुसार उम्मेदवारहरुवीच छलफल थालिएको निर्वाचन संयोजक लामिछानेले बताए ।
निर्वाचनमा नेपाली कांगेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, लिम्बूवानको गठबन्धनबाट अध्यक्षमा राजकुमार न्यौपाने, एमालेको नेतृत्वमा राप्रपा,जसपाको गठबन्धनबाट अध्यक्षमा डम्बरबहादुर निरौला,स्वतन्त्रतर्फका उषा भण्डारी, कृष्णबहादुर भण्डारी ,खेम गुरागाई चुनावी मैदानमा उत्रिएकाछन् ।
यस्तै, लेखा समितिको संयोजकमा न्यौपाने समूहबाट धर्मानन्द भटटराई,निरौला समूहबाट पशुपति धिताल, स्वतन्त्रतर्फवाट युवराज कार्की चुनावी मैदानमा छन् ।