दमक ,३१ भदौं । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य प्रमोदकुमार दाहाल कारवाहीमा परेका छन् ।कांग्रेस कमल गाउँ समितिले आज विज्ञप्ति निकालेर झापा, कमल गाउँपालिका -५ निवासी दाहालले पार्टी निर्णय विपरीत लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिनुका साथैं पार्टीले सोधेको स्पष्टीकरण,निर्देशन समेत पालना नगरेकाले उनलाई आजकै मितिदेखि विधान बमोजिम कारवाही गरिएको जनाएको छ ।
पार्टीका कमल सभापति खगेन भण्डारी र सचिव महेन्द्र बुढाथोकीले संयुक्त हस्ताक्षर गरि दाहाललाई पार्टी सदस्यता समेत नरहने गरि अनुशासनको कारवाही गरिएको उल्लेखछ ।
लखनपुर खानेपानीको नयाँ नेतृत्वका लागि आज भदौ ३१ गते निर्वाचन भएको थियो । निर्वाचनमा दाहालले स्वतन्त्र रुपले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । निर्वाचनमा कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र,संघीय लिम्बूवानको लोकतान्त्रिक समूहले प्यानल बनाएर चुनावमा होमिएका थिए । कांग्रेसबाट खानेपानीकोे अध्यक्ष पदमा राजकुमार न्यौपाने (राजु) र उपाध्यक्षमा दिनेश अधिकारीलाई उम्मेदवार बनाएको थियो ।