हलुका सवारी चालकद्धारा विश्वकर्मा पूजा मनाउदै

दमक, ३१ भदौ । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समिति दमकले भोलि असोज १ गते बिश्वकर्मा पूजा भब्य रुपमा गर्ने तयारी गरेको छ । पूजा सम्पन्न गर्नका लागी मोहन पौडेलको संयोजकत्वमा विश्वकर्मा पूजा व्यवस्थापन समिति गठन गरि तयारी सुरु गरिएको समितिका पूर्व सविच गणेश गौतमले जानकारी दिए । समितिले बिश्वकर्मा पूजा गर्ने स्थल दमक ट्याक्सी स्टेन्डलाई आज बिहान सरसफाइ समेत गरिएको छ ।
पूजा व्यवस्थापन समितिका संयोजक पौडेलको नेतृत्वमा संघका जिल्ला सचिव गौतम कुमार लामा ,हलुका सवारीका अध्यक्ष तुलसी प्रसाद दाहाल (प्रितम ), सचिव बिष्णु भट्टराई, सह सचिव कमल राई, सामाजिक व्यक्तित्व डिल्ली प्रसाद अधिकारी लगायतको उपस्थितिमा पूजास्थलको सरसफाइ गरिएको हो । हरेक बर्ष असोज १ गतेका दिन विश्वकर्मा पूजा हलुका यातायात व्यवसायीहरुले सामूहिक रुपमा मनाउदै आएको छ ।

Leave a Reply

Your email address will not be published.