सुर्यदर्शन शाकोसद्धारा व्यवसायी तथा कर्मचारीलाई सम्मान


दमक, ३१ भदौ ।
दमक ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले मोवाईल बैकिङ कारोवार गर्ने ३० जना आफना सदस्यलाई सम्मान गरेको छ ।संस्थाको आफनो १३ औं बार्षिक साधारणसभा समापनका अवसरमा शुक्रवार संक्षिप्त कार्यक्रम गरि संस्थामार्फत मोवाईल बैकिङ ( क्यूआर ) गर्ने उत्कृष्ठ कारोवारीलाई सम्मान गरिएको कार्यकारी प्रमुख अरुण भण्डारीले बताए । उनीहरुलाई संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक डिल्ली मुखिया लगायतले सम्मान स्वरुप टिसर्ट प्रदान गरेका थिए ।
सोहि अवसरमा संस्थाले उत्कृष्ठ कर्मचारीका रुपमा ध्रुव आचार्यलाई प्रमाणपत्रसहित नगद १५ हजार १११ र अर्का कर्मचारी अरुणा खड्कालाई प्रमाणपत्रसहित २५ हजार १११ नगदबाट पुरस्कृत गरिएको थियो । संस्थाले बर्सेनी आफनो बार्षिक साधारणसभामा दुई जना कर्मचारीलाई पुरस्कृत गरिआएको छ ।
संस्थाले गत भदौ २७ गतेदेखि शुरु गरेको साधारणसभा आज भने सम्मान तथा पुरस्कारका कार्यक्रम गरि औपचारिक रुपमा साधारणसभा सम्पन्न गरिएको सञ्चालक नारायण खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published.