जनविश्वास साकोसको साधारणसभामा सम्मान र पुरस्कार

दमक ,३० भदौ । दमक- ९ स्थित प्रधान टोलमा रहेको जनविश्वास बचत तथा ऋण सहकारी संस्थाले आज १६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कन्काई पार्टी प्यालेसमा एक कार्यक्रम गरि सहकारीले सम्मान तथा पुरस्कारसंगै संस्थाद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन ,लेखा प्रतिवेदन उपर छलफलगरि वन्दसत्रबाट आवश्यक सुझावसहित पारित गरिएको व्यवस्थापक अशोक श्रेष्ठले बताए ।
साधारणसभाको उद्घाटनमा संस्थाकी अध्यक्ष मीना श्रेष्ठले संस्थाको बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षणका संयोजक राजु तामाङले लेखा प्रतिवेदन पेश गरेका थिए ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थाले बर्षेनी प्रदान गरिआएको उत्कृष्ठ कर्मचारीको रुपमा प्रतिमा विश्वकर्मा , शेयर सदस्य परिवारका छोराछोरी मध्येबाट एसईईमा उत्कृष्ठ हुने युवराज बस्नेत र यूनिस श्रेष्ठलाई नगद, प्रंशसापत्रसहित पुरस्कृत गरिएको थियो ।
यसैगरि, संस्थामा उत्कृष्ठ कारोवार गर्ने गीता श्रेष्ठ,रामकुमारी विक,दुर्गादेवी निरौला, मुना डाँगी,सुरजकुमार श्रेष्ठ,कौमारी बस्नेत, गणेश श्रेष्ठ ,मैना भण्डारी,पूर्णवहादुर राई लगायतलाई पुरस्कृत गरिएको थियो ।
सभामा नगर उपप्रमुख भटटराईसहित कन्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक निलकण्ठ निरौला लगायतले बोलेका थिए भने स्वागत मन्तव्य सदस्य अम्बिका श्रेष्ठले राखेकी थिईन् ।
७७ लाख ५५ हजार शेयर पूंजी रहेको संस्थामा संस्थागततर्फ ३, पुरुष २२९ र महिला ३५४ गरि कुल ५६८ जना शेयर सदस्य रहेका छन् । संस्थामा ६ करोड ७१ लाख ,७७ हजार ३ सय ३ बचत , कोषमा १ करोड १७ लाख ४२ हजार ५ सय ६७ र कर्जा लगानीमा ६ करोड ७५ लाख ३० हजार १८ रुपैया रहेको संस्थाले निकालेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.