दमक, ३० भदौं । दमक -९ मा कार्यालय रहेको जनविश्वास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः मिना श्रेष्ठ चुनिएकी छिन् । आज सम्पन्न संस्थाको १४ औं बार्षिक साधारणसभाले पुनः श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सुर्य बहादुर श्रेष्ठ तथा सदस्यहरुमा भिमप्रसाद निरौला, पवनकुमार श्रेष्ठ, गोमादेवी सिटौला, अम्बिका श्रेष्ठ प्रधान, सुवास मि?श्र, रञ्जना श्रेष्ठ र सोभित ताम्राकार चुनिएका छन् । लगायत चुनिएका छन् । समितिको कार्यकाल चार बर्ष रहने छ ।
यसैगरि लेखा सुपरिवेक्षण समितिको संयोजकमा राजु तामाङ र सदस्यद्धयमा पवित्रा श्रेष्ठ, करुण श्रेष्ठ चुनिएका छन् । निर्वाचन सम्पन्न गर्न स्थानीय शैक्षिक अगुवा प्रेमबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय एक निर्वाचन समिति गठन गरिएको थियो ।
स्थानीय कन्काई पार्टी प्यालेसमा भएको साधारणसभामा संस्थाकी अध्यक्ष श्रेष्ठले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा संयोजक तामाङले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक अशोक श्रेष्ठले जानकारी दिए । सोहि अवसरमा संस्थाले गएको वर्ष सस्ंथामा उत्कृष्ठ कारोवार गर्ने १६ जना शेयर सदस्य,जग्गादाता,ज्येष्ठ सदस्यहरुलाई समेत सम्मान गरेको थियो । त्यस्तै, संस्थाका सदस्य परिवारबाट एसइई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने तृष्णा विश्वकर्मा , मोहन मगर , उत्कृष्ठ कर्मचारीका रुपमा व्यवस्थापक अशोक श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
वडाअध्यक्ष कुवेर भट्टराईको प्रमुख आतिथ्यतामा भएको साधारणसभा उद्घाटन सत्रमा कन्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक निलकण्ठ निरौला, निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।