
बिर्तामोड,३० भदौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) को झापा जिल्ला अध्यक्षमा रन्जन धमला निर्वाचित भएका छन् ।
मंगलवार बिर्तामोडमा सम्पन्न १७ औं जिल्ला सम्मेलनबाट धमलाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । संगठनको उपाध्यक्षहरुमा सन्दिप प्रसाईं, पुजा कँडेल,सुरेन्द्र गिरी, नवीन सिटौला,लक्ष्मी नेपाल,सचिवमा राजन चापागाईं चुनिएका छन् ।
संगठनका जिल्ला अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र झापाका सह–इन्चार्ज झलकसिंह दर्लामी, संयोजक मणिकुमार साम्पाङ , संगठनका केन्द्रीय सचिव मदन भट्टराई, संविधानसभा सदस्य मोहन टुडु, प्रदेश सदस्य लक्ष्मी न्यौपाने, विरेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।