‘पार्टीलाई बलियो बनाउन प्रदेश सभा क्षेत्र नं ५ (ख )मेरो उम्मेदवारी’

रवि केसी ( न्यौपाने ) नेपाली कांग्रेस झापाका जिल्ला सदस्य हुन् । मिजासिलो स्वभाव र उदार भावना राख्ने न्यौपाने कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत झापा क्षेत्र नं ५ (ख ) अर्थात दमक–लखनपुर खण्डको सभापति पदका उम्मेदवार हुन् ।
दमक -८ निवासी युवा नेता केसी पार्टीले संघीय संरचना अनुसार निर्माण गरेको प्रदेश सभा निर्वाचन क्षेत्र ५ (ख ) मा अधिवेशन प्रकृयाबाट पहिलो पटक चुनिन लागेको प्रदेश सभा निर्वाचन क्षेत्रको सभापति पदमा उम्मेदवार बनेका हुन् । केसी किवानिज क्लब , स्वर्णलक्ष्मी साकोस लगायतका संघ संस्थाको समेत अध्यक्षका रुपमा रहेर सामाजिक जिम्मेवारी पूरा गरिरहेका छन् । प्रस्तुत छ : प्रदेश क्षेत्रतर्फका सभापतिका उम्मेदवार केसीसंग निर्वाचनको विषयमा गरिएको कुराकानी –

पार्टी अधिवेशनमा तपाई प्रदेश सभा निर्वाचक्षेत्रको सभापतिमा उम्मेदवार बन्नु भएको छ किन ?

पहिलो कुरा त म पार्टीमा १३ औं अधिवेशनबाट नै जिल्ला सदस्यमा निर्वाचित हुँ । मैंले पार्टी संगठनमा बसेर केही अनुभवहरु लिएको छु । राजनीतिमा म आफुलाई त्यस्तो धेरै क्षमतावान त मान्दिन तर मैंले रोजेको क्षेत्रमा पार्टीको संगठन बलियो बनाउनका लागि मेरो उम्मेदवारी हो । मैंले अरु पनि पदहरुमा जिम्मेवारी लिन सक्थें होला तर हाम्रो देशमा कार्यान्वयनको चरणमा रहेको नयाँ संरचना प्रदेश तह । यसको निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट सशक्त रुपमा सक्रियता बढाउँ भन्ने उद्देश्य राखेर यो पदमा मैंले उम्मेदवारी दिने निधो गरेको हुँ ।

……………………………………………………………………………………………………

हो म सामाजिक क्षेत्रमा पनि छु राजनीतिनै समाजसेवाको माध्यम हो । म कांग्रेस पार्टी र भातृ संघहरु मार्फत समाजमा केही न केही योगदान दिउँ भन्ने उद्धेश्यले राजनीतिमा सक्रिय भएको हुँ । व्यवसाय, सहकारी आदि आफनो गतिमा चलिरहेकै छन । बेला बेला त्यतातिर पनि समय दिदैं गर्छु तर मेरो अधिक समय राजनीतिक क्षेत्रमा नै दिनेछु । मैंले मेरो क्षेत्रमा आगामी दिनमा हुने निर्वाचनहरुमा पार्टीको जितका लागि बलियो आधारका रुपमा रहेको संगठन निर्माणलाई उच्च प्राथमिकता दिनेछु ।

………………………………………………………………………………………………….

अहिले सम्म कार्यकर्ताहरुमाझ जाँदा के कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु । मैंले प्रत्यक्ष भेटघाट गरेर कुराकानी गर्दा उहाँहरु म प्रति एकदमै सकारात्मक र आशावादी रहेको पाएको छु । यसले मलाई पनि उहाँहरुप्रति आशावादी बनाएको छ । कार्यकर्ताहरुमाझ जाँदा यो क्षेत्रमा पार्टी संगठन बलियो बनाउन कुशल नेतृत्वको अभाव खडकिएको कुरा पनि सुन्नमा पाएका छौं । मैंले लामो समयदेखि यही ठाउँमा बसोबास गर्दै पेशा व्यवसाय सञ्चालन गरिरहेको र सामाजिक गतिबिधिहरुमा पनि आफूलाई धेर थोर सहभागी गराइरहेको हुँदा म यो भुगोलमा अपरिचित छैन । त्यसमा पनि हाम्रो पार्टीका निश्चित नेता कार्यकर्ताहरु यसपटक क्षेत्रीय प्रतिनिधिका रुपमा आउनु भएको छ उहाँहरुबाट मैले हौसला र प्रेरणा पाइरहेको छु ।

सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ राजनीतिमा कसरी समय दिनु हुन्छ ?

हो म सामाजिक क्षेत्रमा पनि छु राजनीतिनै समाजसेवाको माध्यम हो । म कांग्रेस पार्टी र भातृ संघहरु मार्फत समाजमा केही न केही योगदान दिउँ भन्ने उद्धेश्यले राजनीतिमा सक्रिय भएको हुँ । व्यवसाय, सहकारी आदि आफनो गतिमा चलिरहेकै छन । बेला बेला त्यतातिर पनि समय दिदैं गर्छु तर मेरो अधिक समय राजनीतिक क्षेत्रमा नै दिनेछु । मैंले मेरो क्षेत्रमा आगामी दिनमा हुने निर्वाचनहरुमा पार्टीको जितका लागि बलियो आधारका रुपमा रहेको संगठन निर्माणलाई उच्च प्राथमिकता दिनेछु ।

तपाइँसंगै सभापति पदमा अन्य उम्मेदवारको पनि चर्चा सुन्नमा आएको छ निर्वाचनबाट त जो पनि आउन सक्नुहुन्छ तपाइँ आउनु भएन भने के भुमिका रहन्छ ?
हो निर्वाचन भन्ने वित्तिकै त्यहाँ म एक्लै हुने होइन । मैंले उम्मेदवारी दिएको पदमा अरु पनि प्रत्यासी साथीहरु हुनुहोला । म आग्रह गर्न चाहन्छु म संग समय छ, भिजन छ , योजना छ म त्यसै अनुरुपा तपाइँहरुलाई संगै लिएर जिम्मेवारी बाँडफाँड सहित अघि बढन चाहन्छु । आउनुहोस सहकार्य गरौं, सहमति गरौं । यदि त्यसो हुन सकेको खण्डमा यस क्षेत्रमा एउटा उदाहरणको पात्र तपाइँ हामी बन्न सक्छौं । यहि सकिदैन भने पनि हामीबीचको यो आन्तरिक चुनाव हो यसमा हामी स्वस्थ प्रतिस्पर्धा गरौं । कार्यकर्ताको मन जितेर जिम्मेवारीको झोला कसले बोक्नु पर्ने निर्णय मतदाताहरुले गर्नुहुन्छ त्यसका लागि हामी तयार होऔं । म त्यसका लागि सदैव तयार छु ।

Leave a Reply

Your email address will not be published.