
मोरङ,३० भदौ । पथरी उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त प्यानलको तर्फबाट उमेद्वार बनेका धनकुमार तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।
बिहिबार राति करिव साढे ११ बजे घोषित मत परिणाम अनुसार तामाङले ७३८ प्राप्त गरी बिजयी भएका हुन् । तामाङको निकटतम प्रतिद्वन्द्वी दीपक बस्नेतले ६८६ मत प्राप्त गरेका हुन् ।
बरिष्ठ उपाध्यक्षमा ७६१ मत ल्याएर यादव दुलाल विजयी वने भने उपाध्यक्षकी उम्मेदवार आशा राईले ७५५ प्राप्त गरेर विजयी बनिन । यस्तै महासचिवमा ७६० ल्याएर राजेन्द्र बस्नेत निर्वाचित भए ।
बाणिज्य सचिव ईश्वरी सापकोटा(५५७ ) उद्योग सचिवमा प्रेम प्रसाद सुवेदी (६७० ) र कोषाध्यक्ष बिजयजंग बस्नेत (७६२ ) बिजयी भएका हुन् ।
यस्तै खुल्ला सदस्य (४ जना ) मा निलम बस्नेत (७२१ ) इन्द्रबहादुर राई (६५६), तुलसी लुनीया (४६८ ), हरिराज प्याकुरेल (६०३ ) बिजयी भएका हुन् । यसैगरि दुई महिला सदस्यमा देवि राई (८६१ ) र जुनी थपलिया (६७७ ) बिजयी भएका हुन् । देवि राई यो निर्वाचनको सार्वधिक मत ल्याउने उमेद्वार भएकी छन् । त्यसैगरी लेखा समितिको संयोजकमा कृष्णप्रसाद भट्टराई (७२५ ), सदस्यमा प्रदिप पराजुली (६८७ ) र एल्सन बास्तोला (६४० ) बिजयी भएका छन् ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा पराजित हुन पुगेका ओमप्रसाद लिम्बु( ५६३ ) उपाध्यक्षका उम्मेदवार रविन राई(५९४ ) ,महासचिवका उम्मेदवार अशोक साम्पाङ(५८७ ) ,बाणिज्य सचिवमा खेमनाथ ढुङ्गेल ( ४५३ ) स्वतन्त्र उम्मेदवार टुङकुमार श्रेष्ठ स्वतन्त्र (२७१ ) उद्योग सचिवमा मानबहादुर श्रेष्ठ(६४५ ) र कोषाध्यक्षमा उद्दवराज बस्नेत(५४० ) मत प्राप्त गरेका छन् । यसैगरि खुल्ला सदस्यमा पराजित हुन पुगेका पृथ्विआले मगरले (५१२ ),बलिदान चेम्जोङ(५७१ ) मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
व्यवसायीको मन जितेर अघि बढ्ने छु : नवनिर्वाचित अध्यक्ष
अध्यक्ष पदमा नवनिर्वाचित धनबहादुर तामाङले व्यवसायीको मन जितेर अगाडि बढ्ने बताएका छन् । नतिजा सार्वजनिक भएपछि नवनिर्वाचित अध्यक्ष तामाङले पथरीशनिश्चरे नगरक्षेत्रभित्र उधोगी, व्यवसायी र व्यापारीहरूको थुप्रै समस्याहरू रहेका र तिनलाई आफ्नो कार्य कालमा बोलेर भन्दा पनि गरेर सेवा सहयोग गर्न तयार रहेको बताए । सोहि क्रममा उनले आफूलाई अमूल्य मत दिएर निर्वाचित गर्नुहुने सबैलाई धन्यवाद समेत दिएका थिए ।