मदिरा व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

दमक,३० भदौ । मदिरा व्यवसायलाई थप मर्यादित बनाउन खाँचो रहेको दमकमा आयोजित एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् ।
मदिरा व्यवसायी संघ माइपश्चिम क्षेत्रीय समितिले शनिवार दमकमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागि मदिरा व्यवसायीहरुले मदिराको कारोवार गरिआएका यस व्यवसायलाई थप मर्यादित बनाउन खाँचो रहेको भन्दै त्यसप्रति संवेदनशील भएर लाग्ने प्रतिवद्धता जनाए ।
छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले मदिरा व्यवसायमा हुदैआएको अस्वस्थ्य प्रतिष्पर्धा हटाउने, प्रचलित नियमानुसार व्यवसाय गर्ने तथा वजार मूल्यमा एकरुपता ल्याउन सामूहिक प्रतिवद्धतामा जोड दिए ।
संघका अध्यक्ष दिनेश मैनालीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा अग्रज व्यवसायी लक्ष्मण अग्रवाल,इन्द्रबहादुर थापा, खगेन्द्र पाण्डे लगायतले मदिरा व्यवसायमा देखिएको अस्वस्थ्य प्रतिष्पर्धा निरुत्साहित गर्न सकेमात्र व्यवसाय प्रवद्र्धन हुने औल्याए । सोहि अवसरमा संघले वजार मूल्यमा एकरुपता ल्याउन असोज १ गतेदेखिनै लागुहुने गरि दररेट सार्वजनिक गर्ने अध्यक्ष मैनालीले जनाएका छन् ।
यसैगरि, विलबिनाका अवैध समान खरिद नगर्ने, अन्तशुल्क विना मदिराको कारोवार गर्न नहुने लगायतका सरकारी नियमलाई कडाईका साथ सवैले कार्यान्वयन गर्न पनि सहभागि व्यवसायीको भनाई थियो ।
सो छलफलसंगै संघले गठित तर्दथ समिति विस्तार गर्नुका साथै सल्लाहकार समिति समेत गठन गरिएको सचिव तोर्ण बस्नेतले बताएका छन् । उनका अनुसार समितिको सदस्यहरुमा शिल्पा अग्रवाल,खड्गबहादुर बढाथोकी र बद्रीविक्रम बुढाथोकीलाई मनोनयन गरिएको छ । यसैगरि, अग्रज व्यवसायी इन्द्रबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको सदस्य महेन्द्र खड्काले बताए । सल्लाहकार समिति सदस्यहरुमा लक्ष्मण अग्रवाल, विजय राई,सन्तोष चौधरी र खगेन्द्र पाण्डे रहेका छन् ।
केहि वर्ष अघि दमकमा स्थापना भएको मेची मदिरा व्यवसायी संघ पछिल्ला समय निस्कृय भएपछि व्यवसायिक हितमा जोड दिदैं पुनः व्यवसायीहरुले महिना दिन अघि मात्र दिनेश मैनालीको अध्यक्षतामा आठ सदस्यीय तर्दथ समिति गठन गरिएको थियो । तर्दथ समितिमा दमकका ४० जना व्यवसायीहरु आवद्ध भईसकेका छन् । मदिरा व्यवसायीको पेशागत सुरक्षा र मर्यादित व्यवसायका रुपमा विकास गर्न संस्थागत रुपमा तर्दथ समिति गठन गरि छलफल लगायतका गतिविधिलाई तीव्रता दिईएका हुन् ।

Leave a Reply

Your email address will not be published.