जन्मदिनमा विद्यार्थी नेता साम्पाङद्वारा जेब्राक्रस निर्माण

दमक, २९ भदौ । नेपाल विद्यार्थी संघ झापाका सचिव जितेन साम्पाङले आफ्नो जन्मदिनको अवसरमा ट्राफिक नियम सम्बन्धी सडकमा बाटो काट्ने संकेतमूलक जेब्राक्रस निर्माण गरिदिएका छन् ।
कमल -४ निवासी उनले पूर्वपश्चिम राजमार्गको कमल ५ पाथीभरा चौकस्थित सशस्त्र प्रहरीको क्याम्प प्रवेश गर्ने सडकमा जेब्रा क्रस निर्माण गरिदिएका हुन् । आफ्नो २४ औ वर्षको जन्मदिनलाई फरक किसिमले मनाउन त्यस्तो कार्य गरेको उनले बताए ।
जन्मदिनलाई केहि फरक काम गर्दै आएका साम्पाङले उनले भने, –‘ जन्मदिनलाई यसपटक सडकमा जेब्राक्रस बनाएको र यसरी नै अर्थपूर्ण ढंगले बनाउदै लैजाने छु ।’
सो अवसरमा ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक नारायण भट्टराई, सशस्त्र प्रहरी प्रशिक्षण केन्द्र लखनपुरका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक निवनकुमार खड्का लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.