साथीभाई समूहको नयाँ नेतृत्व, अध्यक्षमा तिवारी

दमक ,२९ भदौ । सामाजिक कार्यमा सक्रिय संस्था साथीभाई समूह दमकको अध्यक्षमा दिपेन्द्र तिवारी चुनिएका छन् । समूहको आज सम्पन्न तेश्रो साधारण सभाले युवा व्यवसायी तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सर्वसम्मत समितिको उपाध्यक्षमा योगेन्द्र खत्री,सचिवमा कमल कटुवाल,सह–सचिवमा राजु ठकुरी र कोषाध्यक्षमा चन्द्र खत्री चुनिएका छन् ।
यसैगरि सदस्यहरुमा मनोहरी घिमिरे , पुष्प ढकाल, शंकर शाह, कुमार ढकाल, धन कुँवर, रन्जित यादव, जिवन दुलाल, पवन बिष्ट,खिलुराज खरेल र पदम ढुंगाना चुनिएका छन् । समूहले दमकमा विभिन्न सामाजिक कार्यहरु गरिआएको छ ।
दमक उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अधिबेशन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.