लखनपुर खानेपानीमा सबैका साँझा उम्मेदवार भट्टराई

दमक,२९ भदौ । झापाको कमल गाउँपालिका- ५ मा रहेको लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको यहि भदौ ३१ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक समूहमार्फत लेखा समिति संयोजकका साझा उम्मेदवार हुन्,– धर्मानन्द भट्टराई ।
लखनपुर खानेपानीको दोश्रो कार्यकालका लागि उनी चुनावी मैदानमा छन् । चुनावी संघारमा उनीसहितको संयुक्त प्यानलको टिम यतिखेर उपभोक्ताका घरदैलोमा पुग्दै मत माग्दै र भेटघाटमा भ्याईनभ्याई हुदैआएको छ । उपभोक्ताका माझ पुग्दा आफूहरु प्रति अत्यन्त साथ सहयोग र सद्भाव प्राप्त भएको उम्मेदवार भट्टराई बताउँछन् ।
पहिलो कार्यकाल सफल भएको र यसपटक भने बाकी भईरहेका कामलाई इमान्दारिताका साथ पूरा गराउन आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।
खानेपानीमा रहेर आफूले आफनो जिम्मेवारी र कामको मूल्याङकन गर्नका लागि पनि यो निर्वाचन एउटा अवसर भएको उनी बताउँछन् । यो निर्वाचन केवल समिति फेर्न मात्र नभएर कामको मूल्याङकन गर्न पनि सुनौला मौका भएकाले पनि काम गर्न सक्ने सक्षम , युवा नेतृत्वलाई मत दिएर जिताउनु पर्ने उम्मेदवार भट्टराईको जोड छ ।
सामाजिक क्षेत्रमा समेत उतिकै सक्रिय उहाँ लखनपुवासीमाझ परिचित उनी भन्छन्, –‘राजनीतिक आस्था र विचार आफ्नो ठाउँमा छ ,तर खानेपानी जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक गर्नुहुदैन् । ’ उपभोक्ता हितमा खानेपानीको स्पष्ट योजनासहित अघि बढाउने, सर्वसुलभ स्वच्छ पानी उपलव्ध गराउने किसिमको काम पूरा गराउने मेरो प्रतिबद्धता रहेको उनको भनाई छ ।
चार हजार बढी घरधुरीका उपभोक्ताहरु माझ यो छोटो समयमा प्रत्यक्ष पुग्न सकिएला नसकिएला तर सबैको भावनालाई समेटेर म अघि बढ्नेछु र हाम्रो टिम आम उपभोक्ताको साझा प्रतिनिधित्वका लागि भएकाले हाम्रो प्यानलका सवै उम्मेदवारहरुलाई मतदान गरि विजयी गराई दिन हुन समेत उनले आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published.