दमक,२९ भदौं । दमक- १० आज दिउँसो एकजना पुरुषको शव फेला परेको छ । दमक चक्रपथ मार्गको पेरेया डाँगीमा ती ब्यक्तिको शव फेला परेको हो ।साइकलमा सवार अन्दाजी ५५ वर्ष जस्ता देखिने ती ब्यक्तिको सडकमा नै शव फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन् । मृतकको घाटीमा कण्ठी समेत बाँधिएको अवस्थामा शव फेला परेको वडाअध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।
मृतकको शवलाई अहिले पोष्टमाटर्म गर्नका लागि दमक अस्पतालमा राखिएको छ । तर अहिलेसम्म आफन्त कोहि पनि आईनसकेको र मृतकका आफन्त परिवारजनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।