
पथरी,२९ भदौ । पथरी उद्योग बाणिज्य संघको निर्वाचनमा खसेको १४५८ मत मध्यें ११०० सय मत गणनाको परिणाम सार्वजनिक हुदाँ साझा गठबन्धनका अध्यक्षका उम्मेदवार धनकुमार तामाङले अग्रता कायमै राखेका छन् ।
उसले ५५५ प्राप्त गरेका छन् भने प्रगतिशील प्यानलका दिपक बस्नेतले ५२१ मत प्राप्त गरेका छन् । त्यस्तै, बरिष्ठ उपाध्यक्षमा गठबन्धनका ओमप्रसाद लिम्बुले ४२१, यादव दुलाल ५७८, उपाध्यक्षमा गठबन्धनका रविन राईले ४३९ आशा राईले ५७६ मत प्राप्त गरेका छन् । यस्तै, महासचिवमा गठबन्धनका राजेन्द्र बस्नेतले ५६९ ,अशोक साम्पाङले ४५०, बाणिज्य सचिवमा गठबन्धनका खेमनाथ ढुङ्गेलले ३३४, ईश्वरी सापकोटा ४१९ र स्वतन्त्र उम्मेदवार टुङकुमार श्रेष्ठले २११ र उद्योग सचिवमा गठबन्धनका प्रेम प्रसाद सुवेदीले ४९७ , मानबहादुर श्रेष्ठले ४९२ र कोषाध्यक्षमा गठबन्धनका बिजयजंग बस्नेतले ५६२ र प्रगतिशीलका उद्दवराज बस्नेतले ४२० मत प्राप्त गरेका छन् ।
यसैगरि, चार खुला सदस्यमा पृथ्विआले मगर(३८३ ),बलिदान चेम्जोङ(४२७ )तुलसी लुनीया(४६८), इन्द्रबहादुर राई(४८८ ),निलम बस्नेत(५४७ ),हरिराज प्याकुरेल(४६० ),दुर्गाराज खत्री(३३४ ),खेमराज निरौला(४२८ ) प्राप्त गरेका छन् ।
यसैगरि ,दुई महिला सदस्यमा मुना पाण्डे(३०६ ),जुनी थपलिया(५१७ ),देवि राई(६४३ ),मिता राई(३९१ ) मत प्राप्त गरेकी छन् ।
यस्तै, लेखा संयोजकका उम्मेदवार चन्द्र प्रसाद सापकोटा(३८० ),कृष्णप्रसाद भट्टराई (५४९ ) र दुई लेखा सदस्यमा प्रदिप पराजुली(५१२ ), सन्तविर विश्वकर्मा(३५८ ),कृष्ण बहादुर श्रेष्ठ (४२० ) र एल्सन बास्तोला(४७९ )ले मत प्राप्त गरेका छन् ।