पथरी उवासंघको निर्वाचनमा मिश्रित परिणाम आउने सम्भावना

पथरीशनिश्चरे , २९ भदौ । पथरी उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि सम्पन्न निर्वाचनको पछिल्लो मत गणना जारी रहँदा मिश्रित परिणाम आउने सम्भावना देखिएको छ ।
उक्त निर्वाचनमा खसेको जम्मा १४ सय ५८ मध्यें ८०० मतपत्र गणना भैरहुँदा उक्त नतिजा आउने संकेत देखिएको हो ।
मंगलबार साँझ पख ८.३०बजेसम्ममा ८०० मतपत्र गणना हुँदा ४ दलीय संयूक्त गठबन्धनका अध्यक्ष पदका उम्मेदवार धनकुमार तामाङले सामान्य अन्तरले अग्रता लिईरहेका छन् ।
पछिल्लो मतगणना अनुसार संयुक्त गठबन्धनको अध्यक्ष पदका उम्मेदवार तामाङले ४ सय २ मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनका निकटतम प्रत्यासी दिपक बस्नेतले ३ सय ७७मत पाएका छन् ।
यसैगरी, संस्थापन पक्षका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार यादवचन्द्र दुलालले ४२० मत पाएका छन् भने गठबन्धनको साझा प्यानलका उम्मेदवार ओमप्रसाद राईले ३१० मत प्राप्त गरेका हुन् ।
त्यसैगरी, उपाध्यक्ष पदका लागि सस्थापनकी उम्मेदवार आशा राईले ४२२ मत ल्याई रहँदा संयुक्त गठबन्धनका रविन्द्र कुमार राईले ३१९ मत पाएको निर्वाचन समितिले सूचना सार्वजनिक गरेको छ ।
संघको १ सदस्यीय महासचिव पदकालागि उम्मेदवारी दिएका गठबन्धनका राजेन्द्र बस्नेतले ४१० मत प्राप्त गरेका छन् भने
संस्थापन समूहका उम्मेदवार अशोक कुमार राईले ३२४ मत पाएका छन् ।
संघको वाणिज्य सचिवका लागि उम्मेदवारी दिएका संस्थापन पक्षका उम्मेदवार ईश्वरी सापकोटाले ३०९ मत , संयुक्त गठबन्धनका खेमनाथ ढुंगेलले २४० र स्वतन्त्र उम्मेदवार टुङकुमार श्रेष्ठले १५६ मत प्राप्त गरेका हुन् ।
उद्योग सचिवका लागि गठबन्धनका प्रेम प्रसाद सूवेदीले ३४५ मत पाएका छन् भने संस्थापन पक्षका उम्मेदवार मान बहादुर श्रेष्ठले ३६८ मत प्राप्त गरेका छन्।
त्यस्तै , कोषाध्यक्ष पदका लागि गठबन्धनका तर्फबाट उम्मेदवार विजयजंग बस्नेतले ४०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संस्थापनका उद्धवराज बस्नेतले ३१० मत पाएका हुन् ।
महिला सदस्य (२ )का लागि भएको निर्वाचनमा गठबन्धनको उम्मेदवारद्धय देवी राई र मिया राईले क्रमशः ४७३ र २८१ मत पाएर अग्रता लिएका छन् भने संस्थापन पक्षका उम्मेदवारहरू जुनी थपलिया (२७४ ) र मुना पाण्डेले २३१ मत प्राप्त गरेका छन् ।
यसैगरी, खुल्ला सदस्य(४ जना )का लागि भएको निर्वाचनमा गठबन्धन अगाडि बढीरहेको छ भने लेखा संयोजक १ र लेखा सदस्य २ जनाका लागि पनि गठबन्धनका उम्मेदवार अगाडी रहेका छन् ।
कूल १७ सय २० जना मतदाता रहेको सो संघको हिजो सम्पन्न भएको निर्वाचनमा १४ सय ५८ मत खसेको थियो ।
निक्कै कडा सूरक्षा व्यवस्थाका बिच जारी मतगणनाको नतिजा आज राति अबेरसम्ममा प्रकाशित गरिने संकेत निर्वाचन समितिले दिएको छ ।

Leave a Reply

Your email address will not be published.