नेपालले पार्टी बनाउन होइन,एमाले कमजोर पार्न पार्टी फुटाएः ओली

झापा, २९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी बनाउन होइन, एमाले कमजोर पार्न पार्टी फुटाएको आरोप लगाएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीले आज झापाको बिर्तामोडमा जिल्ला स्तरीय कार्यकर्तालाई सम्बोधन गर्दै माधव नेपालको पार्टी नक्कली भएको जिकीर गरे । एमालेलाई कमजोर बनाउन नेता नेपालले तमासा मात्र गरेको भन्दै ओलीले नेपालले दर्ता गरेको नेकपा एकीकृत समाजवादी पार्टी ‘नक्कली’ भएको तर्क गरे । “बनेको पार्टी फुुुटाउनेले कसरी पार्टी दर्ता गर्छन् ? ओलीले प्रश्न गर्दै भने, “नेपालको पार्टी नक्कली हो, पार्टी चलाउन सक्ने क्षमता छैन ।”
ओलीले नेपालले नेतृत्व गरेको १६ वर्षे कार्यकालमा एमाले कमजोर बनाएको बताए । उनले भने, माधव नेपाल आन्दोलनमा जोडिएका थिए । तर, रसायन पुगेकै रहेनछन् । ओलीले भने, प्रधानमन्त्री बनायौ तर राजीनामा दिएर भागे । ओलीले एमाले बलियो पार्टी भएको बताए । उनले एमाले शिक्षा, स्वास्थ्य, देश, विदेश सबै ठाउँमा एमाले रहेको बताए ।
प्रचण्ड र माधव नेपालले पार्टी फुटाएको उल्लेख गर्दे ओलीले पार्टी फुटाउन एकता नगरिएको बताए । नाम मिलेकाले अदालतले पार्टी नाम फेर्न भनेको थियो । तर प्रचण्ड नमानेको बताए । कानुनी रुपमा एमाले र माओवादी अलगअलग भएपनि एमाले नेकपाको निरन्तरता भएको बताए । प्रचण्डले गुट लिएर बाहिरिएको बताए । सम्बोधनका क्रममा धेरै समय उनले नेपाल र प्रचण्ड विरुद्ध खनिएका थिए ।

Leave a Reply

Your email address will not be published.