गौरादह,२७ भदौ । झापा, गौरादहका पत्रकार सन्तोष विष्टमाथि हातपात गर्ने मन्जिस थापाले माफी मागेका छन्।विष्टमाथि आवेशमा आएर हातपात गर्दा भएको अभद्र व्यवहारप्रति इलाका प्रहरी कार्यालय दमकमा मंगलवार भएको सर्वपक्षीय छलफलमा थापाले सार्वजनिक रुपमा माफी माग्दै आइन्दा त्यस्तो क्रियाकलाप नगर्ने प्रतिबद्धता जनाएका हुन ।
प्रहरी कार्यालय परिसरमा प्रहरी निरीक्षक डम्बर विश्वकर्मा, गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, कमल १ का वडाध्यक्ष केदार कटुवालसहित नेपाल पत्रकार महासंघका कोशी प्रदेश समिति सदस्य विष्णु सुब्बा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य अनिलदेव राई, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई लगायतको उपस्थितिमा भएको छलफलमा थापाले आफनो कम्जोरीप्रति क्षमा माग्दै आचरणमा सुधारको प्रतिबद्धता समेत जनाएका छन् ।गएको भाद्र २० र २४ गते थापाले विष्टमाथि सार्वजनिकस्थलमा दुव्र्यवहार गर्दै हातपात गरेका थिए ।
घटना पछि सोमबार नेपाल प्रेस युनियन झापा जिल्ला समिति र माइपश्चिम क्षेत्रीय समितिले विज्ञप्ती निकालेर अनलाइनल पत्रिका सजल सन्देश डटकम मार्फत पत्रकारितामा क्रियाशील विष्टमाथि भएको घटनाको निन्दा गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका थिए ।