गौरादह इप्रका भवन उद्घाटन

गौरादह,२८ भदौं । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले आज जिल्लाको गौरादहस्थित इलाका प्रहरी कार्यालयमा निर्मीत मेस तथा कार्यालय भवनको उद्घाटन गरेका छन् ।
मेससहित कार्यालय भवन निर्माण गर्न स्थानीय नागरिक र सहयोगी दाताहरुबाट रु १४ लाख २५ सहयोग जुटाएर भवन निर्माण गरिएको हो । नवनिर्मीत भवनको उद्घाटन गर्दे प्रहरी उपरीक्षक भट्टराईले शान्ति सुरक्षा व्यवस्थापन गर्न समाजमा रहेका हरेक नागरिकको सकरात्मक भूमिका महत्वपूर्ण रहने भएकाले प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहने औल्याए ।
अर्को प्रसङ्गमा उनले झापा जिल्ला लागुपदार्थ प्रयोगकर्ता तथा कारोवारीका हिसावले देशभरमा तेस्रो नम्बरमा रहेको भएता पनि त्यसलाई न्यूनीकरण गर्न प्रहरी प्रयत्नशील भएको दावी गरे ।
सो अवसरमा भवन निर्माणमा आर्थिक तथा भौतिक रुपले सहयोग पु¥याँउने सहयोगीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ट प्रहरीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.