सचिवका उम्मेदवार दिपेश भन्छन्, –‘स्वभाविक रुपमा सचिवको जिम्मेवारी लिने निधो गरे ’

दमक,२८ भदौं । नेपाली कांग्रेस दमकको नयाँ नेतृत्वका लागि हुन गईरहेको निर्वाचनमा दमकका युवा व्यवसायी दिपेश दाहालले सचिव पदमा उम्मेदवार बनेका छन् ।
पार्टीका वर्तमान सभापति रोशन बिष्टको समूहबाट उनले सचिवका लागि उम्मेदवारी दिएका हुन् ।नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिमा होमिएका उनले राजनीतिक बाहेक लामोसमयदेखि मोवाइल व्यवसाय सञ्चालन गरिआएका छन् । सामाजिक तथा राजनीति क्षेत्रमा सक्रिय उनले पार्टी राजनीतिका क्रममा तरुण दल दमक ४ का अध्यक्ष, दमक मोवाईल व्यवसायी संघका सहसचिव , दमक जेसीज बर्ष २०२० का उपाध्यक्ष लगायत संघसंस्थामा आफनो जिम्मेवारी इमान्दारिताका साथ कार्य सम्पादन गरिसकेका छन् । त्यस्तै, पार्टीले अगुवाई गरेको लोकतान्त्रिक आन्दोलनका क्रममा उनले पटक पटक प्रहरीबाट गिरफतारी खानुपरेको थियो ।
पार्टी कार्यकर्ताहरुले दिएको जिम्मेवारीलाई आत्सात गरेरनै उनी वर्तमान पार्टी नेतृत्वको सहसचिव पनि हुन् । पार्टीले दिएको जिम्मेवारी सम्हाल्न पछि नपर्ने उनको तर्क छ । पार्टीका अग्रजदेखि साथीभाई,शुभेच्छुकहरुको माया र विश्वासले आफूले सहसचिवको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरेकाले अव स्वभाविक रुपमा सचिव भएर काम गर्न निधो गरेको दाहालले बताएका छन् । उनी भन्छन्, –‘हिजो गरेको कामलाई एक कदम थप्ने जमर्को छु , आशा छ , यहाँहरुबाट सहयोग प्राप्त हुने छ ’
पार्टीको आन्तरिक निर्वाचन पार्टी संगठन निर्माण गर्न सक्ने योग्य नेतृत्व चुन्ने अवसर भएको भन्दै उनले त्यसलाई मनन गरेर सक्षम नेतृत्व चुन्न नगरका वडासभापति तथा क्षेत्रीय प्रतिनिधिहरुसंग आग्रह गरे ।

Leave a Reply

Your email address will not be published.