मनकामना साकोसलाई एशियाकै उत्कृष्ट सहकारीको ‘सिल्भर अवार्ड’

छविराज ढकाल
पथरीशनिश्चरे, २८ भदौ ।
पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं १ स्थित मनकामना साकोस मुलुककै एक उत्कृष्ठ सहकारीको रूपमा स्थापित भएको छ ।
आर्थिक व्यवस्थापन , पारदर्शिता, सुशासन र जवाफदेहिताका आधारमा उक्त साकोसलाई एशियाली ऋण महासंघले सहकारीहरुको गुणस्तर सुनिश्चितता कार्यक्रम अन्तर्गत उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत गर्दै एक्सिस ब्राण्डको सिल्भर अवार्डबाट सम्मान पाएको हो ।
सहकारी संस्थाहरूको साझा छाता वित्तीय संस्थामार्फत उक्त अन्तर्राष्ट्रिय वित्तीय संस्थाले गत ५ वर्ष अघि देखि मनकामना सहकारीलाई लगातार एक्सीसको सिल्भर ब्राण्ड अवार्ड दिंदै आएको उक्त सहकारी संस्थाका अध्यक्ष यूवराज भट्टराईले जानकारी दिए । उक्त अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ८६ वटा वित्तीय अनुशासन, नियमन र मापदण्डका सुचकहरू पुरा गर्ने मुलुकका अरू ७ सहकारी संस्थाहरू पनि सिल्भर अवार्डबाट पुरस्कृत छन् भने हाल मुलुकमै एक्सीसको ब्रोन्ज ब्राण्ड २४ वटा सहकारीले लिदै आएका छन्।
मनकामना सहकारी संस्थाको साधारणसभा जारी
वर्ष असोज ३ गतेका दिन आफ्नो संस्थाको साधारणसभा सम्पन्न गर्दै आएको यस सहकारी संस्थाले यसवर्ष भने कोरोना भाईरसको संक्रमण दर न्यून गर्ने उद्देश्यले आफ्नो संस्थाको साधारणसभा गत २५ गतेदेखि भदौ ३१ गतेसम्म सप्ताहव्यापी सभा मान्ने र सभा सम्बन्धी आगामी असोज ३ गते अन्य कार्य संपादन गरिने भएको छ ।
सरकारले तोकेको न्यूनतम स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोधसहित आफ्ना शेयरधनीलाई वार्षिक प्रतिवेदन पुस्तिका पनि उपलब्ध गराउन थालिएको साकोसका कार्यकारी अधिकृत कल्याण बजगाईंले जानकारी दिए।

आर्थिक वर्ष २०७७-०७८को प्रगति, आर्थिक,लेखा सुपरिवेक्षण,लेखा परीक्षण जस्ता प्रतिवेदन सार्वजनिक गरिएको छ भने आगामी आव २०७८-०७९ को लागि वार्षिक कार्यक्रम, बजेट,अचल सम्पत्ति बिक्री, सहकारी एकीकरण लगायतका विभिन्न विषयमा छलफल गर्न प्रस्तावहरू पेश गरिएका छन् ।सोहि अवधिमा शेयरधनीहरुले आफ्नो रचनात्मक राय तथा सुझाव दिन सक्नुहुने लेखा सहायक दिपक अधिकारीले बताएका छन् । शेयर सदस्यहरुले दिएको राय तथा सुझावमाथि भदौ ३ गते बस्ने संचालक समितिले आवश्यक छलफल गरी निर्णय पारित गर्ने बताईएको छ।
यस संस्थाले पूर्वोत्तर मोरङको पथरीशनिश्चरे , उर्लाबारी , लेटाङ्ग नगरपालिकाहरू , मिक्लाजुङ तथा कानेपोखरी गाउँपालिका कार्यक्षेत्र बनाएर हाल वित्तीय सेवा दिईरहेको छ । आफ्ना शेयरधनीलाई तिनको आर्थिक तथा सामाजिक जीवनस्तर अभिवृद्धि गर्ने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
२०५४ माग १४ गते स्थापना भएको उक्त सहकारीमा हाल ३९८० पूरूष , २८७१ महिला तथा ७ वटा संस्था सहित कूल ६ हजार ८ सय ५८ जना शेयर सदस्य रहेका छन् ।
हाल दैनिक र मासिक निक्षेप संकलन गरी वार्षिक ४६ करोड रुपैयाँको वासलात बनाएको यस सहकारी संस्थाले आफ्नो शेयरधनीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि समुदायसँग दिगो सम्बन्ध कायम गरी प्रविधिको गुणस्तरीय वित्तीय तथा गैर वित्तीय सेवा उपलब्ध गराउने ध्येय रहेको उल्लेख गरेको छ । संस्थाले आउने २०७९-०८० सम्मको लागि शेयर पूँजी वृद्धि गरी १२ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ भने संस्थागत पूँजी ९ करोड ६० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ। सदस्यहरूको बचत १ अर्ब पुर्याउने लक्ष्य राखेको छ भने ९६ करोड बढीको ऋण लगानी पूर्याउने जनाएको छ ।
सेयर पूँजी ५करोड ४३ लाख,७५हजार ६००र , वचत ३३करोड ८९लाख ४८हजार ४७९र, कोष हिसाब ६करोड ०५लाख १०हजार०६५र , संस्थाको लगानी ३५लाख ३५हजार ०६६ , ऋण लगानी ३७करोड ४४लाख ५७ हजार ७०८, ऋण असुली ३१ करोड ३२ लाख ७६ हजार ४१९ भएको हो । यस वर्ष आम्दानीमा खर्च कटौती गरि बाँकी रहेको शुद्ध वचत रकम -कर अघिको १ करोड,९३ लाख ,२८ हजार ४३८ हो भने कर पछिको शुद्ध वचत ७४ लाख ७८ हजार ९ सय ८० रुपैयाँ रहेको छ ।
यस वर्ष संस्थाले सेयर लाभांश कोषबाट ११प्रतिशतको दरले ५६लाख ०९, हजार २३५ रूपैयाँ लाभांश वितरण गरेको छ भने कर्मचारीहरुलाई बोनस कोषबाट ३ महिनाको तलब दिने बताएको छ ।संस्थाको ८२लाख १६ हजार ०१९र बराबरको स्थायी सम्पत्ति भएको बताइएको छ।
सो संस्थाले आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि ५ करोड,७६लाख ३४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट पनि विनियोजन गरेको छ।
मनकामना र समाजकल्याण सहकारी आपसमा मर्ज गर्दै
यसैवीच, मनकामना साकोस र नगरको दक्षिणी क्षेत्रमा रही आर्थिक सेवा उपलब्ध गराउदै आएको वडा नं ६ , हसन्दह बजारस्थित समाजकल्याण सहकारी संस्था एक आपसमा एकीकृत ( मर्ज ) हुने भएका छन् ।
दुवै संस्थाका पदाधिकारीहरु र कर्मचारीहरुको चरणबद्ध रुपमा छलफल र अन्तरक्रिया भएपछि दुवै सहकारी संस्था एकीकरण गर्ने अन्तिम तयारीमा जुटेका हुन् ।
मनकामना साकोसको तर्फबाट अध्यक्ष युवराज भट्टराई र समाज कल्याण सहकारी का तर्फबाट अध्यक्ष गोपाल लुईटेलवीच सहमति र्भसकेको छ ।अब दुबै सहकारी संस्थाले आ-आफ्नो साधरण सभा मार्फत नयाँ संयूक्त कार्य संचालक समितिको चयन गर्ने भएका छन् ।
हाल मर्जर प्रक्रिया जारी रहेको जनाईएको छ ।
एकमुष्ट ४७ करोड पूँजी तथा दायित्व निमार्ण हुदै
मनकामना सहकारी संस्थाका अध्यक्ष यूवराज भट्टराईले अहिले ४०लाख वार्षिक वासलात भएको उक्त सहकारी संस्था र मनकामना सहकारी सहितको गरी एकमुष्ट कूल ४७ करोड रुपैयाँ बराबरको पूजी तथा दायित्व निमार्ण हुने भएका छन् । एकीकरण भएपछि ७ हजार बढी शेयर सदस्य संख्या पुग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.