गौरादह, २७ भदौ । हरीतालिका तीजको अवसर पारेर नेपाल महिला संघ गौरादह नगर समितिले मंगलवार प्रतियोगितात्मक तीज नृत्यसहित सम्मान कार्यक्रम गरिएको छ । गौरादह नगरपालिका २ स्थित विपी स्मृति भवनमा गरिएको कार्यक्रममा तीज नृत्य प्रतियोगिता गरिनुका साथै आर्थिक रुपमा विपन्न महिला तथा असल बुहारीलाई सम्मान समेत गरिएको थियो ।
तीज नृत्य प्रतियोगितामा वडा नं ७ प्रथम, वडा नं २ द्वितिय, वडा नं ६ तृतीय र वडा नं ५ ले सान्त्वना भएको तीज नृत्य प्रतियोगिताका निर्णायक तारा कुमार श्रेष्ठले जानकारी दिए। निर्णायक समूहमा श्रेष्ठ सहित निर्मला रिमाल र इन्दिरा पोखरेल रहेका थिए ।
यस्तै, आर्थिक रुपमा विपन्न गौरादह १ कि मधुुमाया सुब्बा र दुखो ताजपुरीया, वडा नं २ कि नन्दमाया र निरकुमारी भुजेल, वडा नं ३ कि देविमाया कुँवर र विष्णुमाया थापा, वडा न.४ कि इन्द्र कुमारी कार्की र जयन्ता दास, वडा न.५ कि लिला खड्का विष्णुमाया अधिकारी र शोभा गिरी, वडा न. ८ कि सुस्मा मण्डल र वडा नं. ९ कि सीता श्रेष्ठ र रागन हेमरमलाई सारी वितरण गरिएको थियो ।
यस्तैगरी, असल बुहारी सम्मानित हुनेमा वडा नं १ कि शर्मिला निरौला (घिमिरे ), वडा न.२ कि महिला उद्यमी सविना राई, वडा न.३ कि सवित्रा देवी दाहाल, वडा न.४ कि पवित्रा देवी दाहाल, वडा न.५ कि लिला खड्का अधिकारी, वडा न.६ कि राधिका देवी पराजुली, वडा न.७ कि राजकुमारी राजवंशी, वडा न.८ कि पुष्पा भण्डारी र वडा न.९ कि सवित्रा खनाल पराजुली रहेकी छन् । उनिहरुलाई कदर पत्रले सम्मान गरिएको नेपाल महिला संघकी सचिव रेनु तिम्सीनाले जानकारी दिईन् । त्यस अवसरमा संघले त्यहाँ उपस्थित महिलाहरुका लागि दर खाने कार्यक्रम पनि गरेका थिए । कार्यक्रममा उपस्थित महिलाहरुका समूहले तीजको गीतमा नाचेर गाएर रमाइलो गरेका थिए ।
त्यस अवसरमा कार्यक्रमकि प्रमुख अतिथि संघकी केन्द्रीय सदस्य लक्ष्मी बाराकोटी प्रसाईले शुभकामना मन्तव्य राख्ने क्रममा सामाजिक परिवर्तन नगरेसम्म, सामाजिक वातावरणको सिर्जना नगरेसम्म जतिसुकै ऐन कानुन आएपनि महिलाहरुको समस्या समाधान नहुने बताईन् ।
महिला संघकी सभापति उर्मिला कार्कीको अध्यक्षतामा भएको तिज विशेष कार्यक्रममा संविधान सभा सदस्य विश्वदिप लिंदेन, गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशी, क्षेत्रीय सभापती ढुण्डीराज भण्डारी, पूर्व नगर प्रमुख रोहित कुमार शाह लगायतको उपस्थिति रहेको थियो ।