खाडलको पानीमा डुबेर बालबालिकाको मृत्यु

ताप्लेजुङ, २७ भदौं । खाडलमा जमेको पानीमा डुबेर ताप्लेजुङको मैवाखोलामा दुई बालबालिकाको मृत्यु भएको छ । प्रहरीकाअनुसार मैवाखोला गाउँपालिका –३ साँघुस्थित नारायणी माध्यमिक विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार नारायणी माविको निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीमा जमेको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वडा –३ साँघुका चन्द्रबहादुर थक्लुङ लिम्बूका नौ वर्षीय छोरा मौसम लिम्बू र वडा ४ साँघुकै लाक्पा शेर्पाकी छोरी नौ वर्षीया याङ्जु शेर्पा रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
शौचालयको सेफ्टी ट्याङ्कीका लागि खनिएको करिव ७–८ फिटको गहिरो खाडलमा जमेको पानीमा पौडी खेल्ने क्रममा दिउँसो २ वजेतिर बालबालिकाको डुबेर मृत्यु भएको उनले जनाए । घटनाका बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.