शिखाको १५ औं साधारणसभा सम्पन्न,दर्जनौ सम्मानित

दमक ,२७ भदौं । दमक -६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले विहिबार आफनो १३ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
पशुपति सेवा सदनको सभाहलमा आयोजित साधारणसभामा संस्थाले प्रस्तुत गरेको बार्षिक तथा लेखा प्रतिवेदन पारित गर्नुका साथै संस्थामा उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
सभामा संस्थाका अध्यक्ष तेज कुमार श्रेष्ठले सञ्चालक समितिका तर्फवाट बार्षिक प्रतिवेदन , लेखा संयोजक विवेक मैनालीद्धारा लेखा सुपरिवेक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । ती दुवै प्रस्तुत प्रतिवेदन सुझावहित पारित गरिएको व्यवस्थापक तुलसी राजवंशीले बताए ।
जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतमा भएको साधारणसभामा दमक- ६ का वार्ड अध्यक्ष टेक बहादुर थापा ,संस्थाका संस्थापक अध्यक्ष प्रितम सुब्बा लगायतले सहकारीको साधारणसभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
शिखा सहकारीले यो आर्थिक बर्षमा २४ करोडको निक्षेप हिसाब , २ करोड ७२ लाखको शेयर पूंजी ,२७,करोड कर्जा लगानी गरेको उल्लेख छ । संस्थामा २८९५जना शेयर सदस्य रहेको तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक गतिविधिहरु गरि आएको उपाध्यक्ष हरि लामाले बताए ।
साधारणसभामा संस्थामा उत्कृष्ठ कारोवार गर्ने बचत तथा ऋणी सदस्यहरु ५० जनालाई सम्मान ,६८वर्ष माथिका १७ जना ज्येष्ठ सदस्यहरुलाई नगद जनही रु १ हजारसहित लौरो र बालबचतमा संलग्न ३७ जना बालबालिकाहरुलाई स्कूल व्याग,कापीकलम लगायतका स्टेशनरीका सामाग्रीहरु समेत प्रदान गरिएको थियो । सोहि अवसरमा संस्थाले उत्कृष्ठ कर्मचारीका रुपमा (स्टाफ अफ दि यर) देउकुमार लिम्बू र स्टार अफ दि यरका रुपमा सन्जय बस्नेत ,अर्पण ढुङ्गानालाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
लेखासुपरीवेक्षण समितिकी सदस्य सुनिता खडकाले स्वागत मन्तव्य राखेको साधारणसभाको सञ्चालन सचिब तिर्थराज चाम्लिङले गरेका थिए ।
सो सहकारीले शेयर सदस्य केन्द्रीत अवलोकन भ्रण, रक्तदान कार्यक्रम ,सरसफाइ जस्ता सामाजिक कार्यक्रमहरु गर्दै आएको अध्यक्ष श्रेष्ठद्धारा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.